Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उद्योग वाणिज्य संघमा महिला उद्यमी तथा व्यूटिपार्लर समिति गठन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उद्योग वाणिज्य संघमा महिला उद्यमी तथा व्यूटिपार्लर समिति गठन

संसारपोस्ट संवाददाता · १३ भाद्र २०७८ · 0
बुटवल उद्योग वाणिज्य संघमा महिला उद्यमी तथा व्यूटिपार्लर समिति गठन
100
SHARES
ShareTweet

बुटवल, १३ भदौ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा थप दुईवटा बस्तुगत समिति गठन गरिएको छ । संघमा सोमबार बसेको छुट्टाछुट्टै बैठकले ब्यूटिपार्लर र महिला उद्यमी बस्तुगत समिति गठन गरेको छ ।
व्यूटिपार्लर बस्तुगत समितिको सभापतिमा रेनु कर्माचार्य चयन हुनुभएको छ । समितिको उपसभापतिमा पार्वती बिक, सचिवमा अप्सरा श्रेष्ठ, सहसचिवमा अनिता श्रेष्ठ र कोषाध्यक्षमा अम्विका लम्साल चयन हुनुभएको छ । त्यस्तैगरी सदयस्यहरुमा रमा पुन मगर, दुर्गा पाण्डे, केशरी पाण्डे र अमृता राना रहनु भएको छ । त्यस्तै रेनु श्रेष्ठ, शान्ता शर्मा र अनिता केसीलाई समितिको सल्लाहकारमा चयन गरिएको छ ।
त्यस्तै महिला उद्यमी बस्तुगत समितिको सभापतिमा सुनिता शर्मा वञ्जाडे चयन हुनुभएको छ । समितिको उपसभापतिमा श्रीष्टि गुरुङ, सचिवमा सीता ध्वजु, कोषाध्यक्षमा राधिका पोखरेल, सहसचिवमा सैलजा श्रेष्ठ तथा सदस्यहरुमा सोनामी गुरुङ, गोमा पोखरेल श्रेष्ठ, विपना ज्ञवाली, उमा शर्मा, कमला पन्त र कल्पना भण्डारीलाई चयन गरिएको छ । त्यस्तै समितिको सल्लाहकारमा मञ्जु भुसाल, यमुना रिजाल, धनकुमारी खनाल, नमकला वेलवासे, वेगमकुमारी श्रेष्ठ र सञ्जिला कसजु हुनुभएको छ ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले स्थापनाकालदेखि हालसम्म आर्थिक तथा सामाजिक क्षेत्रमा संघले गरेको योगदानको चर्चा गर्दै व्यबसायिक क्षेत्रका समस्याहरु पहिचान बस्तुगत समितिलाई आग्रह गर्नुभयो । उहाँले बस्तुगत समितिले पहिचान गरेका समस्या ल्याउन आग्रह गर्दै ती समस्या समाधानको लागि संघले पहल र पैरवी गर्ने समेत जानकारी गराउनु भयो ।
संघका सल्लाहकार तथा पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले यस क्षेत्रको सामाजिक तथा व्यबसायिक बिकासमा संघको ठूलो योगदान रहेको चर्चा गर्दै उद्यमशिलता बिकासमा समेत लाग्न बस्तुगत समितिहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा संघका उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल, व्यूटिपार्लर तथा महिला उद्यमी बस्तुगत समितिकी समन्वय कर्ता तथा कार्यसमिति सदस्य मीना प्रधानले नवगठित बस्तुगत समितिलाई बधाई सहित शुभकामना व्यक्त गर्दै सबैलाई समेटेर अगाडि बढ्न सुझाव दिनुभयो ।

≪ Previous Post

संजालद्वारा आम्दा अस्पतालमा प्यासन मोनिटर हस्तान्तरण

Next Post ≫

निर्वाचन प्रणाली महंगो भयो यसलाई बदल्नु पर्छ : यादव

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क