Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ संजालद्वारा आम्दा अस्पतालमा प्यासन मोनिटर हस्तान्तरण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

संजालद्वारा आम्दा अस्पतालमा प्यासन मोनिटर हस्तान्तरण

संसारपोस्ट संवाददाता · १३ भाद्र २०७८ · 0
संजालद्वारा आम्दा अस्पतालमा प्यासन मोनिटर हस्तान्तरण
60
SHARES
ShareTweet

बुटवल, १३ भदौ । रुपन्देही सामाजिक संजाल अष्टे«लियाले बुटवलको सिद्धार्थ महिला तथा वाल अस्पताल (आम्दा अस्पताल)मा प्यासन मोनिटर हस्तान्तरण गरेको छ । आईसियु कक्षमा भर्ना भई उपचार गरिरहेका विरामीको उपचारमा यसले सहजता ल्याउने संजालले विश्वास लिएको छ ।
संजालले ७ लाख ४६ हजार ५० रुपैयाँ वरावरको मोनिटर प्रदान गरेको कार्यक्रम संयोजक तथा संजालका कला साहित्य तथा सांस्कृतिक संयोजक मुक्तिराम पोख्रेलले जानकारी दिनुभयो । आईतवार एक कार्यक्रमकाविच संजालका प्रतिनिधि कांशीनाथ पोख्रेलले अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राजेन्द्र प्रसाद वस्याललाई मोनिटर हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राजेन्द्र प्रसाद वस्यालले जापानी जनताको सहयोगमा निर्माण भएको अस्पताल अहिले आन्तरिक तथा वाह्य सहयोगबाट संचालनमा रहेको बताउनुभयो । उहांले अष्ट्रेलियामा रहेका नेपालीहरुबाट अस्पतालमा सहयोग पाउंदा निकै खुशी लागेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा संजालका अध्यक्ष इश्वर पोखरेलले विरामीले उपचार सेवा पाउने संस्थालाई सहयोग गर्न पाउंदा खुशी लागेको बताउनु भयो । अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थी, व्यवसायी र कर्मचारीबाट एक एक रुपैयाँ गरी संकलन गरिएको सहयोग राशीले विरामीको उपचारमा सहयोग पु्ग्ने उहांको विश्वास छ । उहांले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भयो ।
कार्यक्रममा संजालका महासचिव दिवाकर काफ्लेले संजालले अहिले सम्म गरेको कार्यको वारेमा जानकारी दिदै कर्मको लागि विदेशी भूमिमा रहेपनि आफ्नो मुलुकको माया लागेर नै सहयोग कार्यलाई जारी राखिएको बताउनु भयो ।
आम्दा अस्पतालका प्रशासन प्रमुख धु्रव श्रेष्ठको संचालनमा भएको उक्त कार्यक्रममा जुम मार्फत अस्ट्रेलियाका संचालक पदाधिकारी तथा सदस्यहरु जोडिएका थिए । सन २०१५ मा स्थापना भएको उक्त संजालले कोभिड प्रभावितहरुलाई राहत वितरण, तिलोत्तमामा यौन हिंसामा परेका वालिकालाई सहयोग, क्यान्सर पिडितहरुलाई सहयोग, भुकम्प पीडितहरुलाई एनआरएन मार्फत सहयोग, मणिग्राम स्थित आत्मशान्ति अनाथ आश्रम तथा नेपाल अपाङ्ग आश्रममा सहयोग गर्दै आएको छ ।

≪ Previous Post

रुपन्देही ब्यापार संघको अधिबेशन कार्तिक २८ मा

Next Post ≫

बुटवल उद्योग वाणिज्य संघमा महिला उद्यमी तथा व्यूटिपार्लर समिति गठन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क