बुटवल, १३ भदौं । रुपन्देही ब्यापार संघको अधिबेशन आगामी कार्तिक २८ गते हुने भएको छ । संघले संघ स्थापना भएको दिन पारेर कार्तिक २८ गते २० औ बार्षिक साधारणसभा तथा ११ औं अधिबेशन गर्ने निर्णय गरेको संघका महासचिव दयानिधि भण्डारीले जानकारी गराउनु भयो । संघको १६ औं कार्यसमिति बैठकले साधारणसभा तथा अधिबेशन गर्ने निर्णय गरेको हो ।
संघका अध्यक्ष यमलाल लोहनीको अध्यक्षता एबम निबर्तमान अध्यक्ष पदम प्रसाद श्रेष्ठको आतिथ्यतामा बसेको बैठकले अधिवेशनको मिति तय गर्नुका साथै अन्य महत्वपूर्ण निर्णय समेत गरेको संघका कार्यालय प्रमुख सरोज पोखरेलले बताउनु भयो ।
बैठकले व्यापारीहरुको ब्यबसायिक अभिलेख समेट्ने गरि व्यापार डाइरेक्ट्री एबम आर्थिक क्रियाकलापहरु समेटी स्मारिका प्रकाशन गर्ने निर्णय गरेको संघका महासचिब भन्डारीले बताउनुभयो । भण्डारीका अनुसार डाइरेक्ट्री प्रकाशन गर्नको लागि संघका सचिब नामदेब पाण्डे संयोजक तथा कार्यसमिति सदस्यहरु मनिमदिन मिया, बृन्दा भट्टराई आचार्य, प्रकाशराज पौडेल, अर्जुन प्रसाद भट्टराई, रितेश ज्ञवाली र बिनित भट्टराई सदस्य रहेको प्रकाशन समिति गठन गरिएको छ । यस्तै बैठकले स्मारिका प्रकाशनका लागि संघका महासचिब दयानिधि भण्डारीको संयोजकत्वमा संघका सह–कोषाध्यक्ष ऋषिराम पाण्डे सहसम्योजक तथा कार्यसमिति सदस्यहरु ठाकुरप्रसाद आचार्य, मनहरी बस्याल र बिष्णुप्रसाद घिमिरे सदस्य रहेको समिति गठन गरेको छ ।
संघको ११ औं अधिबेशनले नयाँ नेतृत्वको चयन समेत गर्ने छ । संघका अनुसार संघमा हाल करिव २ हजार व्यवसायीहरु आवद्ध रहेका छन् ।
