बुटवल, १३ भदौ । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले पार्टी निर्माण, बिस्तार शुद्विकरण तथा सुदृृढिकरण अभियान सञ्चालन गर्ने भएको छ । एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थीका अनुसार उपमहानगर मातहतका शाखा कमिटी र त्यस मातहतका २९९ वटै टोल कमिटीहरुलाई क्रियाशिल बनाउने उद्देश्यले पार्टी निर्माण, बिस्तार, प्रशिक्षण र सदृढिकरण अभियान सञ्चालन गर्न लागिएको हो । अभियानलाई संयोजन गर्न विभिन्न नेताहरुलाई जिम्मेवारी प्रदान गरिएको अध्यक्ष पन्थीले जानकारी दिनुभयो ।
जस अनुसार बुटवल–१ मा नारायण भट्टराई, बुटवल–२ मा गोमा आचार्य, ३ मा सावित्रा अर्याल, बुटवल–७ मा बलबहादुर आचार्य, ८ मा भोजप्रसाद श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । त्यस्तै बुटवल–९ मा पुरन गुरुङ, बुटवल–१० मा क्रृषिराम पाण्डे, बुटवल–११ मा गोपाल राना, बुटवल–१२ मा गुरुप्रसाद शर्मा, बुटवल–१३ मा तेजेन्द्र केसी, बुटवल–१४ मा बाबुराम पन्थी र बुटवल–१५ मा ज्ञानु केसीलाई जिम्मेवारी तोकिएको छ ।
त्यस्तै बुटवल–१६ मा रामप्रसाद रेग्मी, बुटवल–१७ मा मेघराज न्यौपाने, बुटवल–१८ मा प्रेम गुरुङ, बुटवल–१९ मा तुलसी चौधरी, हाटबजार र इ–रिक्सातर्फ किसन ज्ञवाली, संघसंस्था विशेषमा माधव नेपाललाई संयोजनको जिम्मा दिइएको छ भने पेशागत विशेष र जनसंगठनको जिम्मेवारी नगर कार्यालयलाई प्रदान गरिएको छ ।
अभियानमा वडा÷शाखामा रहेका केन्द्रीय सल्लाहकार, जेष्ठ कम्युनिष्ट मञ्च र विभिन्न विभागीय सदस्य, प्रदेश कमिटी सदस्य, प्रदेश निकाय अन्तर्गतका सल्लाहकार, जेष्ठ कम्युनिष्ट मन्च र विभागीय सदस्य, जिल्ला सदस्य तथा सल्लाहकार, नगर सदस्य तथा सल्लाहकार, क्षेत्रीय, शाखा, टोल कमिटी र जनसंगठनका पदाधिकारी तथा सदस्यहरु पनि रहनेछन् ।