Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ निर्वाचन प्रणाली महंगो भयो यसलाई बदल्नु पर्छ : यादव
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

निर्वाचन प्रणाली महंगो भयो यसलाई बदल्नु पर्छ : यादव

संसारपोस्ट संवाददाता · १३ भाद्र २०७८ · 0
निर्वाचन प्रणाली महंगो भयो यसलाई बदल्नु पर्छ : यादव
90
SHARES
ShareTweet

भैरहवा, १३ भदौ । जनता समाजवादी पार्टी, नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले नेपाल भित्र जन्मेका हरेक नागरिकले नागरिकता पाउनु पर्ने धारणा राख्नु भएको छ ।
जनता समाजवादी पार्टी, नेपालले आईतवार रुपन्देहीको भैरहवामा आयोजना गरेको कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता यादवले नेपालको नागरिक हिमालमा जन्मे पनि, पहाडमा जन्मे पनि र तराईमा जन्मे पनि उ नेपाली नागरिक हो भन्नुभयो । अहिलेको नागरिकता कानूनमा बिभेद भएको कारण सो कानून पनि संशोधन गर्नुपर्ने उहाँको धारणा छ । नागरिक सम्बन्धि मस्यौदा आफुहरुले गरे पनि त्यो संसदमै अड्किएको उहाँले बताउनु भयो ।
उहाँले अहिलेको निर्वाचन प्रणालीमा पनि प्रयाप्त सुधार गर्नुपर्ने आवश्यकता औल्याउनु भयो । कार्यक्रममा बोल्दै यादवले अहिलेको निर्वाचन प्रणाली महंगो भएकोले यसलाई बदल्नु पर्नेमा जोड दिनुभयो । उहाँले सिमान्तकृत वर्ग र गरिब नागरिक समेत निर्वाचन लड्न सक्ने समानुपातिक निर्वाचन प्रणाली अगाडी बढाउनु पर्ने बताउनु भयो । यादवले लामो लडाई लडेर प्रतिगमनकारीलाई परास्त गरेको र लोकतन्त्रको रक्षा गरेको जिकिर गर्नु भयो ।
नेता यादवले संविधान अहिले पनि त्रुटिपूर्ण रहेको हुंदा यसमा सुधार गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो । उहाँले ७ वटा प्रदेशको संरचनालाई समेत बदल्नु पर्ने बताउनु भयो । उच्चस्तरीय राज्य पुनर्संरचना आयोगले दिएका सुझाव अनुसार १० प्रदेश वा १० जोड १ प्रदेश उत्तम रहेको सुझाव दिनुभयो ।
जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेशको समन्वयमा भएको कार्यक्रममा पार्टीका वरिष्ठ नेता अशोक कुमार राईले कार्यकर्तालाई योजनावद्ध, उत्साहपूर्ण, सक्रिय र बुद्धिमतापूर्ण तरिकाले अगाडी बढे आगामी चुनावमा राम्रो परिणाम आउने भएकोले कार्यकर्तालाई सोही अनुसार अगाडी बढ्न आग्रह गर्नुभयो ।

≪ Previous Post

बुटवल उद्योग वाणिज्य संघमा महिला उद्यमी तथा व्यूटिपार्लर समिति गठन

Next Post ≫

भागबण्डाका लागि लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या १३ पुराईयोे

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क