Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ओभरलोड र अनियन्त्रित नदी दोहनले बुटवल नारायणघाट सडक खण्डका दुई पुल भासिए :सडक अवरुद्ध
बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय...

अर्थ खेलकुद पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ओभरलोड र अनियन्त्रित नदी दोहनले बुटवल नारायणघाट सडक खण्डका दुई पुल भासिए :सडक अवरुद्ध

संसारपोस्ट संवाददाता · १२ भाद्र २०७८ · 0
ओभरलोड र अनियन्त्रित नदी दोहनले बुटवल नारायणघाट सडक खण्डका दुई पुल भासिए :सडक अवरुद्ध
140
SHARES
ShareTweet

बुटवल । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणघाट सडकको दुई वटा पुल भासिदा राजमार्ग अवरुद्ध भएको छ । रुपन्देहीको देवदह नगरपालिका–७ स्थित घोडाहा खोलाको पुल र पश्चिम नवलपरासीको सुनवल नजिकै रहेको तुरियामाई पुल भासिदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको हो । घोडाहाको पुलको एउटा र तुरियाको दुई वटा पिल्लर भासिएका छन् । विशेष गरि नदी हरुमा अनियन्त्रित तवरले ढुंगा, गिटृी र वालुवाको दोहन तथा ओभर लोड गाडीका कारण पुलहरु समस्यामा परेको बताईएको छ ।
अविरल वर्षासंगै उर्लेको बाढीले बुटवल नारायणघाट सडक खण्डको दुई वटा पुल भासिएका छन् । पुल भासिनुमा यातायात व्यवसायीले भारतीय ओभरलोड प्रमुख कारण भएको बताएका छन् भने स्थानीयले ओभरलोड संगै नदी र खोलामा अनियन्त्रित नदी जन्य पदार्थको दोहनका कारण पुल र सडकको दुरावस्था हुने गरेको औल्याएका छन् । सरकारले भारतीय ओभरलोड नियन्त्रण नगरेसम्म यस्ता पुलहरु भासिने र ध्वस्त हुने क्रम चलिरहने नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले औल्याउनु भयो । अख्तियार दुरुपयोग अनुसंन्धान आयोग र सरकार यस सवालमा गम्भिर हुन जरुरी रहेको उहाँको कथन छ ।
नेपालका सडक र पुलको ३० टन लोड थेग्न सक्ने क्षमताका रहेको तर ९० टन सम्मको लोड लिएर भारतीय गाडी निर्वाध रुपमा गुड्ने गरेका कारण यो पुल र सडकको दयनिय अवस्था भएको हो । यी दुई पुलत उदाहरणमात्र हुन ओभरलोडले गर्दा नेपाली सडक र पुल ध्वस्त भएको दावि नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष यम प्रसाद पाण्डे बताउनु हुन्छ ।
राष्ट्रिय राजमार्गमा तौल पुल कार्यविधी विपरित ओभर लोड ढुवानी हुदा सडक र पुल जिर्ण हुने गरेको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका महासचिव जितबहादुर भाटले औल्याउनु भयो ।
सडक र पुल ध्वस्त हुनुमा नदीजन्य पदार्थको चरम दोहन र माथिवाट अधिक लोड गाडी गुडाएका कारण यो अवस्था आएको स्थानीयहरुले औल्याएका छन् ।
पुल भासिनुको प्रमुख कारणका रुपमा नदीजन्य पदार्थको चरम दोहन र मापदण्ड भन्दा वाहिर गएर नदीजन्य पदार्थ निकाल्नु नै प्रमुख कारण भएको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनी बताउनु हुन्छ । सडक देखि ५ सय मिटर दुरी भन्दा टाढावाट नदिजन्य पर्दाथ निकाल्नु पर्नेमा त्यो पालना नहुदा पुलका पिल्लर भासिएको र ओभर लोड त्यसको कारक वनेको प्रमुख मरासिनीले स्वीकार्नु हुन्छ । जेहोस नेपाली सडक र पुलहरु राष्ट्रिय सम्पत्ति हुन यीनको संरक्षण गर्नु राज्यको दायित्व हो भने यो अवस्था निम्त्याउने कारकलाई समयमै नियन्त्रण गर्न सरोकारवाला निकाएको ध्यानजान जरुरी छ ।

≪ Previous Post

जनगायक जेबी टुहुरेको निधन, आजै अन्त्येष्टि गरिने

Next Post ≫

भारी वर्षाले तराईमा मच्चायो वित्तन्डा, बाढीले बगाउंदा ३ जनाको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क