Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ म स्वतन्त्र हो, एमालेको कारवाही प्रक्रियाको औचित्य छैन :अजय शाही
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

म स्वतन्त्र हो, एमालेको कारवाही प्रक्रियाको औचित्य छैन :अजय शाही

संसारपोस्ट संवाददाता · ५ भाद्र २०७८ · 0
म स्वतन्त्र हो, एमालेको कारवाही प्रक्रियाको औचित्य छैन :अजय शाही
100
SHARES
ShareTweet

बुटवल, ५ भदौ । नेकपा एमालेले कारबाही गरेका लुम्बिनी प्रदेशका सांसद तथा विनाविभागीय मन्त्री अजय शाहीले आफु स्वतन्त्र भएको बताउनु भएको छ । नेकपा एमाले लुम्बिनी प्रदेशले आफूसँग स्पष्टिकरण माग गरेको र प्रदेश सभा सदस्यबाट समेत निष्काशन गर्न कारबाही प्रक्रिया अगाडी बढाएको कुरा कानूनी र राजनीतिक रुपमा कुनै औचित्य नरहेको मन्त्री शाहीले बताउनु भयो ।
शनिबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै शाहीले निर्वाचनमा हृदयस त्रिपाठीको नेतृत्वमा रहेको तत्कालिन स्वतन्त्र समूह र नेकपा एमालेबीच ०७४ असोज १६ गते भएको राजनीतिक सम्झौता अनुसार सूर्य चिन्ह प्रयोग गरि स्वतन्त्र रुपमै चुनाव जितेको स्पष्ट पार्नुभयो । नवलपरासीबाट निर्वाचित सांसद शाहीले भन्नुभयो–‘निर्वाचन प्रयोजनका लागि मात्र सूर्य चिन्ह लिएको हो, नैतिक र राजनीतिक रूपमा म स्वतन्त्र छु । मैले अहिलेसम्म नेकपा एमालेको सदस्यता लिएको छैन ।’ राजनैतिक दल सम्बन्धी ऐन २०७३ को दफा २९ अनुसार आफु एमाले संसदीय दलको सदस्य नभएको शाहीले स्पष्ट पार्नु भयो ।
यता नेकपा एमाले लुम्बिनीले भने प्रदेशसभा विधि र कानून सम्मत नचलेसम्म प्रदेश सभा अवरुद्ध गरिरहने बताएको छ । साक्षात्कार कार्यक्रममा बोल्दै नेकपा एमाले संसदीय दलका सचिव तथा पूर्व स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठले विधि र कानून सम्वत नचलेसम्म प्रदेश सभा अवरुद्ध गर्ने बताउनु भयो ।
‘सूर्य चिन्ह लिएर जनताको मत प्राप्त गरेर निर्वाचन जितेका प्रतिनिधि नैतिक र राजनीतिक रूपमा एमालेकै हुने र एमालेका सांसदलाई प्रतिपक्षीदलले मन्त्री बनाउदा सभामुखले कारवाही नगरी राजनीतिक पुर्वाग्रह राख्नु विधि सम्वत छैन । मन्त्री बनेका एमाले सासंदलाई कारवाही नभएसम्म एमालेले संसद अवरुद्ध गर्छ ।’
समस्या समाधान गर्न सभामुखलाई सुझाव
लुम्बिनी प्रदेश सभा भित्रको किचलो छिटो भन्दा छिटो समाधान गर्न कानुनविद्हरुले सभामुखलाई सुझाव दिएका छन् । साक्षात्कारमा बोल्दै कानुनविद्हरुले संविधानको राम्ररी अध्ययन गरि छिटो छरितो निकास दिन सभामुखलाई सुझाव दिएका हुन् ।
कार्यक्रममा कानुनविद महेन्द्र पाण्डेले अजय शाही हुदयस त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहबाट तत्कालिन नेकपासंग तालमेल गरी सूर्य चिन्ह लिएर सांसदमा निर्वाचित भए पनि हैसियत र त्यो बेलाको सहमतिका बुंदाको हिसावले शाही स्वतन्त्र रहेको बताउनु भयो । उहांले शाही स्वतन्त्र हैसियतबाट निर्वाचन लडेर निर्वाचित भएकाले र निर्वाचनका बेला भएको सहमतिका आधारमा शाहीको एमालेसंग कुनै नाता र साईनो नभएको र व्यवहारिक तथा कानुनी हिसावले शाहीलाई एमालेले आफ्नो सांसद भनेर दाबी गर्न नमिल्ने तर्क गर्नुभयो । यस्तै बाम गठबन्धनबाट चुनाव जितेकी सांसद विमला खत्री वलीलाई पनि आफ्नो दल रोज्ने अधिकार संविधानले दिएको उहांले बताउनु भयो ।
अर्का कानुनविद् नगेन्द्र बस्यालले भने अजय शाही सूर्य चिन्हबाट चुनाव जितेकाले एमालेले कारबाही गर्नु स्वभाविक रहेको उल्लेख गर्नुभयो । स्वतन्त्र भनिएपनि एमालेको सूर्य चिन्हबाट चुनाव जितेकाले स्वतन्त्र भन्न नपाउने उहांको भनाई छ ।

≪ Previous Post

भारतीय ओभरलोड गाडीका कारण समस्या : ओभरलोड नियन्त्रणका लागि आन्दोलन

Next Post ≫

दुई करोड बढीको मदिराको नक्कली स्टिकर सहित दुई जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क