Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ दुई करोड बढीको मदिराको नक्कली स्टिकर सहित दुई जना पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दुई करोड बढीको मदिराको नक्कली स्टिकर सहित दुई जना पक्राउ

संसारपोस्ट संवाददाता · ५ भाद्र २०७८ · 0
दुई करोड बढीको मदिराको नक्कली स्टिकर सहित दुई जना पक्राउ
100
SHARES
ShareTweet

बुटवल, ५ भदौ । रुपन्देहीको शसस्त्र प्रहरीले आन्तरिक राजस्व कार्यालय लेखेको दुई करोड ३५ लाख ६३ हजार बराबर मूल्यको नक्कली स्टिकर सहित दुई जनालाई पक्राउ गरेको छ ।
शसस्त्र प्रहरी बल डण्डा बर्डर आउट पोष्टबाट शसस्त्र प्रहरी निरिक्षक कृष्ण प्रसाद अर्यालको कमाण्डमा खटिएको टोलीले भैरहवाको दरखसवाबाट ८० रोल (प्रतिरोल ३ हजारका दरले जम्मा २ लाख ४० हजार) स्टिकर बरामद गरेको शसस्त्र प्रहरी उपरिक्षक राजेश उप्रेतीले जानकारी दिनुभयो ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ दरखसवाको एउटा घरमा अवैध मालबस्तु लुकाइराखेको भन्ने बिशेष सूचनाको आधारमा हिजो शसस्त्र प्रहरी निरिक्षक अर्यालको कमाण्डमा उक्त घरमा खानतलासी गरिएको थियो । खानतलासीबाट उक्त नक्कली स्टिकरको रहस्य खुलेको हो । बरामद गरिएको स्टिकरमा आन्तरिक राजस्व बिभाग लेखिएको र उक्त स्टिकर २ करोड ३५ लाख ६३ हजार बराबर रहेको आन्तरिक राजस्व कार्यालयको प्रारम्भिक विवरणबाट देखिएको एसपी उप्रेतीको भनाई छ ।
५० युपी १ सय ८० मिलिलिटरको २ लाख ४० हजार थान स्टिकर मध्ये आयकरको १० लाख बराबर, मुल्य अभिवृद्धि करको ३१ लाख ६३ हजार र सबै भन्दा बढी अन्तःशुल्कको १ करोड ९४ लाखको स्टिकर रहेको छ ।
स्टिकर संगै शसस्त्र प्रहरीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ दरखसवा बस्ने २३ बर्षिय साहिद अन्सारी र २४ बर्षिय अमानत अलिलाई पक्राउ गरेको उप्रेतीले जानकारी दिनु भयो ।
पक्राउ परेका ब्यक्तिहरुको बयानकै आधारमा उक्त समान ढुवानी गर्न प्रयोग गरिएको लु २ च २५० नम्बरको गाडी तथा गाडीमा रहेको मालबस्तु समेत नियन्त्रणमा लिइ स्टिकर सहित राजस्व अनुसन्धान कार्यालय बुटवलमा प्राप्त भएको कार्यालय प्रमुख राजन विसीले बताउनु भयो । यसवारे थप अनुसंन्धान हुने पनि प्रमुख विसीले बताउनु भयो ।

≪ Previous Post

म स्वतन्त्र हो, एमालेको कारवाही प्रक्रियाको औचित्य छैन :अजय शाही

Next Post ≫

आज रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व देशभर मनाइँदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क