Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ एमाले तिलोत्तमाद्वारा विधान मस्यौदामाथि सुझाव संकलन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एमाले तिलोत्तमाद्वारा विधान मस्यौदामाथि सुझाव संकलन

संसारपोस्ट संवाददाता · ५ भाद्र २०७८ · 0
एमाले तिलोत्तमाद्वारा विधान मस्यौदामाथि सुझाव संकलन
60
SHARES
ShareTweet

तिलोत्तमा, ५ भदौ । नेकपा एमाले तिलोत्तमा नगर कमिटीले पार्टीको प्रस्तावित विधान मस्यौदामाथि कार्यकर्ताहरुको सुझाव संकलन गरेको छ । शनिबार एक कार्यक्रमका बीच एमाले तिलोत्तमा नगर कमिटीले कार्यकर्तामाझ सुझाव संकलन गरेको हो । अहिले जिल्ला जिल्लाबाट प्रस्तावित विधान मस्यौदामाथि सुझाव लिने क्रम चलिरहेकाले नगर कमिटीले सुझाव लिएको अध्यक्ष मोहन चापागाईंले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज दधिराम न्यौपानेले अव पुरानो ढाँचाबाट पार्टी व्यवस्थित ढंगले सञ्चालन हुन नसक्ने भएकाले विधान संशोधन गरी नयाँ ढंगले पार्टी संगठनलाई अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याउनु भयो । उहांले पार्टीको विधान संघीय ढाँचामा लैजानका लागि पनि यो आवश्यक भएको भन्दै प्रस्तावित विधान मस्यौदामाथि कार्यकर्ताबाट आएका जायज सुझावलाई विधानमा समेटिने उल्लेख गर्नुभयो ।
पार्टीको नेतृत्वका लागि प्यानल बनाएर चुनाव लड्ने र पार्टीमा निरन्तर गुटवन्दी गरिराख्ने प्रवृत्तिको अन्त्य गर्न अपरिहार्य रहेको भन्दै उहांले प्रस्तावित विधानले अध्यक्ष, महासचिव र केन्द्रीय सदस्य गरी २२५ सदस्यीय कमिटी निर्माण गर्ने र उक्त कमिटीले बाँकी पदाधिकारी मनोनयन गर्ने व्यवस्था समेटेको बताउनु भयो । कार्यक्रममा एमाले रुपन्देहीका संयोजक शिवराज सुवेदीले पार्टीको मूल नीति र नेतृत्वमाथि प्रहार हुँदा कम्युनिष्ट आन्दोलन नै विसर्जनको दिशातर्फ जाने भएकाले यसलाई रोक्नका लागि पनि विधान संशोधन अपरिहार्य रहेको बताउनु भयो । छलफल कार्यक्रममा एमाले तिलोत्तमा नगर कमिटी सचिव मिनप्रसाद पोखरेल, तामानाथ पाण्डे, केशव गौतम, रेनुका खरेल, उमापति न्यौपाने, टिकानिधी गौतम लगायतले आ–आफ्नो धारणा तथा सुझाव राख्नुभएको थियो ।

≪ Previous Post

मुक्त कम्लरी मञ्चले बुझायो मुख्यमन्त्री केसीलाई ध्यानाकर्षण पत्र

Next Post ≫

भारतीय ओभरलोड गाडीका कारण समस्या : ओभरलोड नियन्त्रणका लागि आन्दोलन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क