Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मुक्त कम्लरी मञ्चले बुझायो मुख्यमन्त्री केसीलाई ध्यानाकर्षण पत्र
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मुक्त कम्लरी मञ्चले बुझायो मुख्यमन्त्री केसीलाई ध्यानाकर्षण पत्र

संसारपोस्ट संवाददाता · ५ भाद्र २०७८ · 0
मुक्त कम्लरी मञ्चले बुझायो मुख्यमन्त्री केसीलाई ध्यानाकर्षण पत्र
80
SHARES
ShareTweet

बुटवल, ५ भदौ । मुक्त कम्लरी विकास मञ्चले मुक्त कम्लरीहरु पुनः कम्लरी बस्न जानुपर्ने अवस्था आएको भन्दै लुम्बिनीका मुख्यमन्त्री कुल प्रसाद केसीलाई ध्यानाकर्षण गराएको छ । मञ्चले शनिबार मुख्यमन्त्री केसीको निवासमा पुगेर ध्यानाकर्षण पत्र बुझाउँदै सरकारले दिने सेवा सुविधा र सम्झौता कार्यान्वयन नगर्दा मुक्त भइसकेकाहरु पुन कम्लरी बस्नुपर्ने अवस्था आएको बताएका हुन् ।
मुख्यमन्त्री केसीलाई मञ्चका अध्यक्ष शान्ति चौधरीले ध्यानाकर्षण पत्र बुझाउदै लुम्बिनीका दाङ, बाँके र बर्दियाका मुक्त कम्लरीहरुको समस्या समाधान गर्न आग्रह गर्नुभयो । मुक्त कम्लरीका लागि शिक्षा निर्देशिका २०६८ अनुसार हालसम्म मुक्त कम्लरीहरुले कक्षा १२ सम्म पाउदै आएको छात्रवासमा खाने, वस्ने सुविधा कटौती भएकोले शिक्षालाई निरन्तरता दिन नसक्ने अवस्था आएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।
दाङ जिल्लाको लावाजुनी छात्रावास नर्तिमा वसेर स्नातक तहमा अध्ययन गरिरहेका १० जनालाई अव कहाँ जाने र के खाने भन्ने चिन्ताले सताउन थालेको समेत ध्यानाकर्षण पत्रमा भनिएको छ ।
मुक्त कम्लरीका हक अधिकार र सवाललाई सम्बोधन गर्न समेत मञ्चले माग गरेको छ । सम्पुर्ण मुक्त कम्लरीहरुलाई तत्काल परिचयपत्रको व्यवस्थाका लागि सहजिकरण, मुक्त कम्लरीका लागि प्रदान गरिँदै आएको छात्रवृत्ति स्नातकोत्तर तहसम्म व्यवस्था गरी समयानुकूल बृद्धि गर्न समेत मञ्चले प्रदेश सरकारलाई आग्रह गरेको छ । दाङको लावाजुनी मुक्त कमलरी छात्रावासमा रहेका १० जनालाई तत्काल खान वस्नको व्यवस्था गर्न समेत अध्यक्ष चौधरीले मुख्यमन्त्रीसँग माग गर्नुभएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री केसीले सरकारले मुक्त कम्लरीको समस्या तत्तकाल समाधान गर्ने प्रतिबद्धता जनाउनु भयो । उहांले कम्लरी विद्यार्थीको छात्राबास खर्चको व्यवस्थापन तुरुन्तै गर्ने बताउँदै आवश्यक सहयोगका लागि सरकारले सहजीकरण गर्ने बताउनु भयो । सो अवसरमा दाङबाट निर्वाचित सांसद इन्द्रजित थारु, बर्दियाबाट निर्वाचित प्रदेश सांसद तिलकराम शर्मा, मुक्त कम्लरी विकास मञ्चका कानुनी सल्लाहकार फकला थारु, प्रवन्धक माधवलाल चौधरी सहित ५ जिल्लाका कम्लरी विकास मञ्चका अध्यक्षहरुको सहभागिता थियो । दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा मुक्त कम्लरीहरु रहेको मञ्चका प्रवन्धक चौधरीले बताउनु भयो ।

≪ Previous Post

दलित आन्दोलनबाट प्राप्त उपलब्धी गुम्ने खतरा

Next Post ≫

एमाले तिलोत्तमाद्वारा विधान मस्यौदामाथि सुझाव संकलन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क