Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ दलित आन्दोलनबाट प्राप्त उपलब्धी गुम्ने खतरा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दलित आन्दोलनबाट प्राप्त उपलब्धी गुम्ने खतरा

संसारपोस्ट संवाददाता · ५ भाद्र २०७८ · 0
दलित आन्दोलनबाट प्राप्त उपलब्धी गुम्ने खतरा
60
SHARES
ShareTweet

बुटवल, ५ भदौ । लुम्बिनी प्रदेशमा दलित समुदायका नेताहरुको केन्द्रीय राजनीतिमा दरिलो उपस्थिति रहेपनि सामाजिक न्याय र पार्टीमा हस्तक्षेपकारी भूमिका निर्वाह हुन नसकेकोमा चिन्ता व्यक्त गरिएको छ ।
डिग्निटी इनिसियटिभ र अम्बेडकर सोसल फाउण्डेशन लुम्बिनीले बुटवलमा शनिबार आयोजना गरेको कार्यक्रममा संविधान निर्माणपछि दलित आन्दोलनबाट प्राप्त उपलब्धी नै गुम्ने खतरा हुँदा पनि नेताहरु मौन रहेकोमा चिन्ता व्यक्त गरिएको हो ।
छलफल कार्यक्रममा संविधानसभा सदस्य तथा दलित नेता विनोद पहाडीले नेपालको दलित आन्दोलन बाली घरे जस्तो भएको भन्दै अब यसले सहि गन्तव्य लिन नसके गुम्ने खतरा रहेको बताउनु भयो । ‘प्रजातन्त्र प्राप्तिको आन्दोलनसँगै दलित समुदाय लड्यौं, प्रतिनिधित्व र केहि अधिकार प्राप्ति पनि भयो, तर अहिले विचार विमर्श नै भएन’ पहाडीले भन्नुभयो –‘दलितका बारेमा बोल्न के कोही मर्नु नै पर्छ की त कुनै परियोजना नभई हुँदैन ।’
अम्बेडकर सोसल फाउण्डेशन लुम्बिनीका अध्यक्ष समेत रहेका पहाडीले सर्वोच्चले जातका आधारमा दिने आरक्षणलाई रोक्ने कुचेष्टा गरेको भन्दै यसका विरुद्ध दलित आन्दोलन मौन रहेको बताउनु भयो ।
कार्यक्रममा लेखक तथा अनुसन्धानकर्ता जेवि विश्वकर्माले नेपालको दलित आन्दोलन सुस्ताएको बताउँदै अब थप उर्जावान नहुने हो भने प्राप्त उपलब्धि गुम्ने खतरा औल्याउनु भयो । उहांले दलित समुदायका नेताहरु दलको कार्यकर्ता मात्रै हुने तर, समुदायका बारेमा बोल्न नसक्ने नेताबाट परिवर्तनको आश गर्न नसकिने बताउनु भयो । लुम्बिनीमा विभिन्न पार्टीमा नेताहरुको बर्चस्व रहेकाले उनीहरुलाई झकझकाउने गरि दवाव समूह बनाउनुपर्नेमा जोड दिनुभयो । उक्त अवसरमा संयुक्त दलित संघर्ष समिति रुपन्देहीका संयोजक हरिओम विश्वकर्मा, दलित नेताहरु बुद्धिराम हरिजन, पदम बहादुर विश्वकर्मा, ओम प्रकाश विश्वकर्मा, स्थानीय जनप्रतिनिधि माया बराल, दीपा सुनार, सरस्वती दर्नाल, अधिकारकर्मी हरि बोमरेल, मनु खड्का, सावि विश्वकर्मा लगायतले आआफ्ना धारणा राखेका थिए ।

≪ Previous Post

तिलोत्तमाका दश उद्यमीलाई एक लाख राशीको उद्यमशीलता अवार्ड

Next Post ≫

मुक्त कम्लरी मञ्चले बुझायो मुख्यमन्त्री केसीलाई ध्यानाकर्षण पत्र

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क