Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलको नयाँगाउँमा बौद्ध विश्वविद्यालय : नयाँगाउँ माविद्वारा ५ बिगाहा जग्गा प्रदान
बर्षाका कारण दाउन्नेमा सडक चिप्लो भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

बर्षाका कारण दाउन्नेमा सडक चिप्लो...

प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
लुम्बिनी प्रदेश : आगामी वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत

लुम्बिनी प्रदेश : आगामी वर्षको...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
हावाहुरीका कारण ढलेका रुखले च्यापिएर नवलपरासी र कपिलवस्तुमा ३ जनाको मृत्यु, ३ घाइते

हावाहुरीका कारण ढलेका रुखले च्यापिएर...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलको नयाँगाउँमा बौद्ध विश्वविद्यालय : नयाँगाउँ माविद्वारा ५ बिगाहा जग्गा प्रदान

संसारपोस्ट संवाददाता · ३ भाद्र २०७८ · 0
बुटवलको नयाँगाउँमा बौद्ध विश्वविद्यालय : नयाँगाउँ माविद्वारा ५ बिगाहा जग्गा प्रदान
110
SHARES
ShareTweet

बुटवल, ३ भदौ । बुटवल उपमहानगरपालिकाको नयाँगाउँमा लुम्बिनी बौद्ध विश्वविद्यालय आएकोमा स्थानीयले स्वागत गरेका छन् । लुम्बिनीमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयले नयाँगाउँमा सिटी कलेज सञ्चालन गर्दैछ । १२ औं विश्वविद्यालयसभाले सिटी कलेज चलाउने निर्णय गरेको थियो ।
बुटवलको नयाँगाउँ क्षेत्रलाई शैक्षिक हवको रुपमा विकास गर्ने योजनासहित सो क्षेत्रमा विश्वविद्यालय ल्याउनका लागि नयाँगाउँ माध्यमिक विद्यालयले पूर्वाधारसहितको करिव ५ बिगाहा जग्गा प्रदान गरेको छ । नयाँगाउँको नदी उकाश क्षेत्रमा क्याम्पस चलाउने योजनासहित विद्यालयले पूर्वाधार बनाएको थियो । क्याम्पस सञ्चालन गर्न आर्थिक स्रोत अभाव भएपछि त्यत्तिकै रोकिएको बेला लुम्बिनी विश्वविद्यालयको सिटी कलेज ल्याउने निर्णय भएको हो ।
बुटवलको बेलबासमा बिहिबार भएको एक अन्तरक्रिया कार्यक्रममा सहभागि विद्यालयका पदाधिकारी, चन्दादाता, अभिभावक तथा जनप्रतिनिधिहरुले विश्वविद्यालय आउदा यो क्षेत्र नै शैक्षिक हव बन्ने विश्वास व्यक्त गरेका छन् ।
सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका पूर्व मन्त्री एवं सांसद भोजप्रसाद श्रेष्ठले आफू बुटवलको मेयर हुदाँ नयाँगाउँ क्षेत्रमा क्याम्पस चलाउन बनाएको योजनाले अहिले सार्थकता पाएको बताउनु भयो । विश्वविद्यालयको पूर्वाधार निर्माण, शैक्षिक विकाससंगै नयाँगाउँ माविलाई पनि विशिष्ट विद्यालय बनाउन सबैको प्रयत्न हुनुपर्ने उहांले बताउनु भयो ।
प्रदेशसभा सदस्य खड्ग केसीले बुटवल उपमहानगरभित्र रहेर पनि पछि परेको नयाँगाउँ आसापासको क्षेत्रलाई शैशिक हवको रुपमा विकास गर्नुपर्ने भन्दै विश्वविद्यालयले सो सपना पुरा गर्ने विश्वास गर्नुभयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले नयाँगाउँ क्षेत्रलाई शिक्षाको अग्रणी स्थान बनाउने योजनालाई विश्वविद्यालयले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । देवदह र बुटवलमा विस्तार भएको विश्वविद्यालयलाई विशिष्टीकृत बनाउदै लैजाने योजना रहेको र सो काम समुदाय र विश्वविद्यालय एकजु्ट भएर नै अघि बढ्ने उहांको भनाई थियो ।
विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले विश्वविद्यालय विशाल स्वरुपमा खडा हुने भएकाले नयाँगाउँबासीले शंका गर्नुनपर्ने बताउनु भयो । ‘जति धेरै जमिन उपलब्ध भयो, त्यति नै ठूलो योजना विश्वविद्यालयले बनाउछ, रजिस्ट्रार आचार्यले भन्नुभयो – ‘विश्वविद्यालय ल्याउने र विकास गर्ने विषयमा स्थानीयले संर्किर्ण सोच राख्नु हुदैन ।’
विश्वविद्यालयले आगामी ५ वर्षमा उपलब्ध जग्गा क्षेत्रको स्वरुप नै परिवर्तन गर्ने आचार्यले जानकारी दिनुभयो । उहांका अनुसार पहिलो चरणमा करिव ९ करोड लागतमा भवन निर्माण र वाउण्ड्री वाल निर्माणको काम हुन लागेको छ । एक वर्षभित्र नै यो कामले मुर्तता पाउनेछ ।
सो अवसरमा बोल्दै बुटवल वडा नम्बर १२ का अध्यक्ष दुर्गा सुवेदीले विश्वविद्यालयले नयाँगाउँ माविको सिफारिसमा केही विद्यार्थीलाई छात्रबृत्ति र विद्यालयलाई आफ्नो अंग मानेर जानुपर्ने बताए ।
नयाँगाउँ माविका अध्यक्ष पुरुषोत्तम बस्यालले विश्वविद्यालयलाई आफ्नो क्षेत्रमा ल्याउदा जीवनकै ठूलो खुसी मिलेको बताउनु भयो । कलेज चलाउने अपुरो योजनाले अव मूर्त रुप लिएको उहांले बताउनु भयो । विद्यालयका बरिष्ठ सल्लाहकार डीआर घिमिरेले विश्वविद्यालयलाई समुदायले नै अपनत्व लिएर अघि बढ्ने विश्वास दिलाउनु भयो ।
सो अवसरमा शिक्षक अभिभावक संघका अध्यक्ष लक्ष्मण खड्का, विद्यालयका पूर्व अध्यक्ष डिल्ली शर्मा, विद्यालयका प्राध्यानाध्यापक पुरुषोत्तम भट्टराई, शिक्षक रामप्रसाद पाण्डे लगायतले बोल्दै नयाँगाउँमा विश्वविद्यालय आएकोमा खुसी व्यक्त गर्नुभयो ।
बौद्ध विश्वविद्यालयले बुटवलमा अहिले बिएएलएलबी र बिबिटिटिएम कार्यक्रम सञ्चालन गरेको छ । बुटवलमा भाडाको भवनमा चलिरहेको यो कार्यक्रम अहिले नयाँगाउँमा सारिएको हो । करिव ५ विगाहा जमिनमा यसै वर्षदेखि पूर्वाधार बनाउन निर्माण कम्पनीसंग विश्वविद्यालयले सम्झौता गरिसकेको छ ।

≪ Previous Post

तिलोत्तमा चेम्बरको पहलमा एकहजार व्यवसायीलाई कोरोना खोप

Next Post ≫

भरुवा बन्दुक सहित नवलपुरमा एक जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क