Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्था बुटवलको सभाहल उद्घाटन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्था बुटवलको सभाहल उद्घाटन

संसारपोस्ट संवाददाता · १ भाद्र २०७८ · 0
प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्था बुटवलको सभाहल उद्घाटन
80
SHARES
ShareTweet

बुटवल, १ भदौ । प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थाको नवनिर्मित सभाहल उद्घाटन गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ११, रुपन्देहीमा रहेको प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थाको नवनिर्मित सभाहलको मंगलबार सामुदायिक विद्युत नेपाल राष्ट्रिय महासंघका सचिव, प्रदेश इञ्चार्ज तथा संस्थाका सल्लाहकार यमबहादुर पछाई र संस्थाका अध्यक्ष जितबहादुर मल्लले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
त्यस अवसरमा बोल्दै प्रमुख अतिथि पछाईले देशभर ५५ जिल्लामा सामुदायिक विद्युत सेवा पु¥याईको जानकारी गराउनु भयो ।
त्यस्तै अध्यक्ष मल्लले संस्थाको आवश्यकताको आधारमा सभाहल निर्माण गरिएको बताउँदै संस्थालाई मात्रै नभएर हलले त्यस क्षेत्रका अन्य गतिबिधि गर्नको लागि समेत सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्वागत गर्दै संस्थाका उपाध्यक्ष तथा सभाहल निर्माण समितिका संयोजक राजकुमार गुप्ताले गत फागुनदेखि सुरु गरिएको सभाहल निर्माणको काम कोरोना महामारीका बिच पनि आफूहरु खटिएर असार मसान्त भित्रै सम्पन्न गरेको जानकारी गराउनु भयो । ६८ लाख ३६ हजार ६१७ रुपैंया लगात मुल्यांकन भएको सभाहल ४८ लाख ६८ हजार ४५८ रुपैंयामा निर्माण सम्पन्न गरिएको बताउँदै उहाँले १९ लाख ६८ हजार १५९ रुपैया संस्थालाई बचत गरिएको पनि जानकारी गराउनु भयो ।
कार्यक्रममा संस्थाका सल्लाहकारहरु कृष्णबहादुर जिसी, ईन्द्रबहादुर राई, समाजसेवी गोपाल केसी, नरसिंह राव लगायतले भनाई राख्नुभएको थियो । संस्थाका अध्यक्ष जितबहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रम सचिव तथा अनुगमन समितिका संयोजक राजेश बुढाथोकीको सञ्चालनमा भएको थियो ।

≪ Previous Post

निजी क्षेत्रको प्रोत्साहन गर्नेगरी कार्यक्रम ल्याउछौं : मुख्यमन्त्री केसी

Next Post ≫

कम्युनिष्ट आन्दोलनको इतिहास विशेषांक विमोचन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क