Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपाली काँग्रेसको १४ औं महाधिबेशन मंसिर ९ देखि १३ गते सम्म
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाली काँग्रेसको १४ औं महाधिबेशन मंसिर ९ देखि १३ गते सम्म

संसारपोस्ट संवाददाता · ३० श्रावण २०७८ · 0
नेपाली काँग्रेसको १४ औं महाधिबेशन मंसिर ९ देखि १३ गते सम्म
110
SHARES
ShareTweet

काठमाण्डौ, ३० साउन । नेपाली काँग्रेसले १४ औं महाधिवेशन यस अघि तोकिएको मितिमा नहुने भएपछि महाधिबेशनका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले आगामी मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो । यस अघि भदौ १६ देखि १९ गतेसम्म महाधिबेशनको मिति तोकिएको भएपनि सो सो मितिमा महाधिवेशन हुन नसकेपछि नेपाली काँग्रेसले तीन महिना पछि मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा नेपाली काँंग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठमा बसेको केन्द्रीय समितिको बैठकले भदौको लागि तोकिएको महाधिबेशनको मिति सारेर आगामी मंसिर ९ गते गर्ने निर्णय संगै नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका केन्द्रिय सदस्य मिन विश्वकर्माका अनुसार बैठकले क्रियाशील सदस्यको अन्तिम नामावली भदौ २ गतेभित्र बुझाइसक्ने र भदौ १८ गते वडा अधिवेशन गर्ने निर्णय गरेको छ ।
विभिन्न जिल्लामा क्रियाशील सदस्यता वितरण र नविकरणमा देखिएको विवादका कारण भदौमा महाधिबेशन गर्ने कार्यतालिका प्रभावित भएपछि महाधिबेशन कहिले गर्ने भन्नेमा काँग्रेसको संस्थापन र रामचन्द्र पौडेल समुह बीच विवाद भएको थियो ।
महाधिबेशनको नयाँ कार्यतालिका अनुसार वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ । यस्तै केन्द्रीय महाधिबेशन मंसिर ९ गते देखि १३ गतेका लागि तोकिएको छ ।

नेपाली कांग्रेसको १४औ महाधिवेशनको नयाँ कार्यतालिका :–
१) वडा अधिबेशन : २०७८ भदौ १८ गते
२) गाउँ÷नगर पालिका अधिवेशन : २०७८ भदौ २७ गते
३) प्रदेश क्षेत्र क\ख अधिवेशन : २०७८ असोज १ गते
४) संघिय निर्वाचन क्षेत्र अधिवेशन : २०७८ असोज ५ गते
५) जिल्ला अधिवेशन : २०७८ असोज १० गते
६) प्रदेश अधिवेशन : २०७८ कार्तिक १० गते देखि १२ गते सम्म
७) केन्द्रीय महाधिवेशन : २०७८ मंसिर ९ गते देखि १३ गते सम्म सबै

≪ Previous Post

फरार अपराधी पक्राउ अभियानको ४ दिनमै कपिलवस्तुमा २०७ जना पक्राउ

Next Post ≫

निजी क्षेत्रको प्रोत्साहन गर्नेगरी कार्यक्रम ल्याउछौं : मुख्यमन्त्री केसी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क