Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ डिङ्गरनगर दुरगामी सहकारी संस्थाको एकिकृत कारोवार शुरु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

डिङ्गरनगर दुरगामी सहकारी संस्थाको एकिकृत कारोवार शुरु

संसारपोस्ट संवाददाता · २४ श्रावण २०७८ · 0
डिङ्गरनगर दुरगामी सहकारी संस्थाको एकिकृत कारोवार शुरु
70
SHARES
ShareTweet

तिलोत्तमा, २४ साउन । दुरगामी बहुउद्देश्यीय सहकारी संस्था र डिङ्गरनगर दुग्ध उत्पादक सहकारी संस्था लिोत्तमा, रुपन्देही एक आपसमा गाभिएर बनेको डिङ्गरनगर दुरगामी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेट तिलोत्तमा–३, रुपन्देहीले आईतबार देखि एकिकृत कारोवार शुरु गरेको छ ।
सहकारी संस्थाले तिलोत्तमा–३, रुपन्देहीमा डिङ्गरनगर दुग्ध उत्पादक सहकारी संस्थाले निर्माण गरेको आफ्नै भवनमा सहकारी एकिकृत भएको घोषणा सभा संगै बैदिक बिधिपुर्वक पुजाआजा गरी सोही भवनमा कार्यालय र कारोवार शुभारम्भ गरेको हो ।
सहकारी एकिकरण हुनु अघि दुरगामी सहकारीका २ हजार र डिङ्गरनगर दुग्ध उत्पादका सहकारी संस्थाका २ सय शेयर सदस्य रहेका थिए । सहकारी एकिकरण संगै शेयर सदस्य संख्या २२ सय पुगेको छ भने शेयर पूंजी ४३ करोडको हारहारीमा रहेको सहकारीका अध्यक्ष घनश्याम तिवारीले बताउनु भयो ।
सहकारीले हाल बहुउद्देश्यीय सहकारीको अवधारणा अनुसार दुध, दही, पनिर र घ्यु उत्पादन गरी आफ्ना शेयर सदस्य र सर्वसाधारण उपभोक्तालाई विक्री वितरण गर्दै आईरहेको छ । सहकारीले दुधको गुणस्तर चेकजांचको काम पनि सहकारी संस्थाबाटै गर्दै आएको छ ।
सहकारी एकिकरण घोषणा सभामा सहकारीका संरक्षक कुमार बहादुर सिंह, सहकारी एकिकरण अभियन्ता तथा सहकारीका सल्लाहकार हरि प्रसाद तिवारी र बेल प्रसाद शर्माले सहकारीलाई देशकै नमुना सहकारीका रुपमा स्थापित गर्नुपर्ने सुझाव दिनुभयो । सहकारीलाई निक्षेप संकलन र लगानीमा मात्र सिमित नराखी सहकारीको उद्देश्यअनुरुप सहकारीका शेयर सदस्यहरुको आर्थिकस्तर उकास्ने गरी उद्यमशिलताको विकास गर्नुपर्नेमा उहांहरुले जोड दिनुभयो ।
सहकारी संस्थाका सचिव रामबहादुर थापाको संचालनमा भएको घोषणा सभामा सहकारीका अध्यक्ष घनश्याम तिवारीले आगामी एक बर्ष भित्र सहकारीलाई काम र प्रगतिका हिसावले नमुना सहकारी बनाउने प्रतिवद्धता जनाउनु भयो ।
दुई सहकारी संस्था एकिकरण भएपछि संस्था संचालनका लागि १५ सदस्यीय प्रारम्भिक संचालक समिति र विभिन्न उपसमिति गठन गरिएको सचिव रामबहादुर थापाले वताउनु भयो । आगामी ६ महिना भित्र सधारण सभा गर्ने गरी गठन गरिएको संचालक समितिको अध्यक्षमा घनश्याम तिवारी, उपाध्यक्षमा बलराम न्यौपाने, सचिवमा रामबहादुर थापा क्षेत्री, कोषाध्यक्ष सुरेन्द्रमान बज्राचार्य र सह कोषाध्यक्षमा कालिका अधिकारी रहेका छन् । यस्तै सदस्यहरुमा गुरुदत्त जैसी, केशरी पाण्डे, लिलावती पोख्रेल, सनत गौतम, कृष्णलाल भुसाल, शालिकराम वोस्ती, राधा न्यौपाने, देवका भण्डारी, यज्ञमुर्ती खनाल र विकाश शर्मा रहेका छन् । यस्तै सहकारीको लेखा सुपरिवेक्षण समितिमा संयोजक रमेश बहादुर शाही तथा सदस्यमा सूर्यप्रसाद पाण्डे र कुमारी पदमा शाही रहेका छन् । यस्तै शेयर सदस्य छनोट उपसमितिमा संयोजक बलराम न्यौपाने तथा सदस्यमा रामबहादुर थापा क्षेत्री र सुरेन्द्रमान बज्राचार्य रहेका छन् भने ऋण उप समितिमा संयोजकमा राम बहादुर थापा क्षेत्री तथा सदस्यमा शेषकान्त घिमिरे र रञ्जना न्यौपाने रहेका छन् भने धितो मुल्यांकन उपसमिति संयोजकमा सुरेन्द्रमान बज्राचार्य तथा सदस्यमा रिता प्युठानी शर्मा र लोक बहादुर कुँवर रहेका छन् । सहकारी संस्थाको संरक्षकमा कुमार बहादुर सिंह, भरत प्रसाद भुसाल र गोपाल खनाल लाई राखिएको छ ।
सहकारी संस्थाको कार्य समिति :

≪ Previous Post

तिलोत्तमा र बुटवल उद्योग वाणिज्य संघको पहलमा ब्यवसायीलाई खोप

Next Post ≫

प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क