Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा र बुटवल उद्योग वाणिज्य संघको पहलमा ब्यवसायीलाई खोप
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा र बुटवल उद्योग वाणिज्य संघको पहलमा ब्यवसायीलाई खोप

संसारपोस्ट संवाददाता · २२ श्रावण २०७८ · 0
तिलोत्तमा र बुटवल उद्योग वाणिज्य संघको पहलमा ब्यवसायीलाई खोप
90
SHARES
ShareTweet

तिलोत्तमा, २२ साउन । तिलोत्तमा उद्योग बाणिज्य संघमा आवद्ध करिव एक हजार सदस्य उद्योगी ब्यवसायीले कोरोना विरुद्धको खोप लगाएका छन् । तिलोत्तमा उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीसंग समन्वय गरेर संघका सदस्य उद्योगी व्यबसायीलाई कोरोना बिरुद्धको खोप लगाउने ब्यवस्था मिलाएको हो । बुधबार र शुक्रबार तिलोत्तमा स्थित क्रिमसन अस्पताल मणिग्राममा एक हजार सदस्य ब्यवसायीलाई कोरोना बिरुद्धको खोप लगाईएको संघका अध्यक्ष गुणनिधी भण्डारी (माधव)ले जानकारी गराउनु भयो ।
कोभिडसँगैको निषेधाज्ञाले सुस्ताएको व्यवसायलाई पुनर्जीवन दिन तथा दैनिक हजारौं व्यक्तिसँग सम्पर्क हुने व्यवसायीहरु खोपबाट बञ्चित हुँदा संक्रमण फैलन सक्ने खतरालाई मध्येनजर गरेर सम्वन्धित सरोकारवाला निकायसंग पहल र समन्वय गरेर संक्रमणको जोखिममा रहेका उद्योगी÷व्यवसायीहरुलाई कोभिड विरुद्धको खोप लगाउने कार्य गरिएको अध्यक्ष भण्डारीले बताउनु भयो । प्रयाप्त मात्रामा खोप उपलब्ध नहुंदा कतिपय उद्योगी ब्यवसायी खोप लगाउन बांकी रहेकाले छुटेका सबै ब्यवसायीलाई खोप लगाउने ब्यवस्थाका लागि संघले निरन्तर पहल गरिरहने अध्यक्ष भण्डारीले बताउनु भयो ।
संघका उद्योगी ब्यवसायीलाई खोप लगाउने कार्यमा संघका अध्यक्ष भण्डारी सहित वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्की, उपाध्यक्ष हरिलाल पाण्डे, महासचिव कमल कँडेल, कोषाध्यक्ष सूरज पंगेनी, कार्यालय प्रमुख लोकनाथ खनाललगायत कार्यसमितिका पदाधिकारी र सदस्यहरु कार्यस्थलमा खटिएर खोप लागउने कार्यमा सहजिकरण गर्नुभएको थियो ।

बुटवलका एक हजार ब्यवसायीलाई कोरोना विरुद्धको खोप

बुटवल उद्योग बाणिज्य संघको पहलमा संघका सदस्य उद्योगी व्यबसायीलाई कोरोना विरुद्धको खोप लगाईएको छ । संघको पहल तथा समन्वय र जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको सहयोगमा संघका सदस्य उद्योगी व्यबसायीलाई कोरोना बिरुद्धको खोप लगाईएको हो ।
बिहिबार र शुक्रबार सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलमा १ हजार जनालाई कोरोना बिरुद्धको खोप लगाईएको संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताउनु भयो । कोरोना संक्रमणको महामारीमा मुलुकको अर्थतन्त्रको अग्रपंक्तिमा रहेर काम गर्ने उद्योगी व्यबसायीलाई सुरक्षित राख्न सकिएन भने बिग्रिएको अर्थतन्त्र झनै बिग्रिने भएकोले उद्योगी व्यबसायीलाई कोरोना बिरुद्धको खोप लगाउन पहल गरिएको उहाँले बताउनु भयो ।
कोरोना महामारीका कारण उद्योग तथा व्यापार व्यबसाय बन्द हुँदा मुलुकको अर्थतन्त्र बिग्रिदै गएको र अव पनि खोपको प्रवन्ध गर्न सकिएन भने संक्रमण बढ्दो क्रममा रहेकोले सम्भावित बन्दमा पनि उद्योगी व्यबसायी ढुक्क भएर काम गर्ने वातावरण नहुने भएकाले उद्योगी व्यबसायीलाई खोप अनिवार्य भएको उहाँले बताउनु भयो । सबै उद्योगी व्यबसायीलाई खोप प्रवन्ध गर्न आग्रह गरिएको भएपनि खोप सिमित आएकोले सबैलाई लगाउन नसकिएको र आगामी दिनमा बाँकी उद्योगी व्यबसायीलाई खोप लगाउन पहल जारी रहने अध्यक्ष कसजूले बताउनु भयो ।
संघको खोप कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीकी पब्लिक हेल्थ नर्स अफिसर कालिका पाण्डेको नेतृत्व स्वास्थ्य कर्मीको टोली खटिएको थियो । त्यस्तै संघका अध्यक्ष कसजू सहित वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, बाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल, महासचिव बिमलराज भट्टराई सहित कार्यसमितिका पदाधिकारी सदस्यहरु खोप कार्यक्रममा समन्वय गर्नुभएको थियो ।

≪ Previous Post

सांसद बिमला बन्धक घटना फौजदारी कानुन आकर्षित गर्ने गम्भीर घटना : नेपाल महिला संघ

Next Post ≫

डिङ्गरनगर दुरगामी सहकारी संस्थाको एकिकृत कारोवार शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क