Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ सांसद बिमला बन्धक घटना फौजदारी कानुन आकर्षित गर्ने गम्भीर घटना : नेपाल महिला संघ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सांसद बिमला बन्धक घटना फौजदारी कानुन आकर्षित गर्ने गम्भीर घटना : नेपाल महिला संघ

संसारपोस्ट संवाददाता · २२ श्रावण २०७८ · 0
सांसद बिमला बन्धक घटना फौजदारी कानुन आकर्षित गर्ने गम्भीर घटना : नेपाल महिला संघ
140
SHARES
ShareTweet

बुटवल, २२ साउन । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र ) लुम्बिनी प्रदेश सभा सदस्य विमला कुमारी खत्री वलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शँकर पोखरेलको निर्देशन र प्रमुख सचेतक भूमिश्वर ढकालको संलग्नतामा तुल्सीपुरबाट अपहरणको शैलीमा ल्याएर मूख्यमन्त्री निवास बुटवलमा बन्धक बनाई राखिएको घटनाको नेपाल महिला संघ रुपन्देहीले भ्रत्सना र निन्दा गरेको छ ।
नेपाल महिला संघकी सभापति गंगा शाहीले शुक्रवार जारी गरेको विज्ञप्तीमा कसैलाई शारीरिक रूपमा बन्धक बनाउनु र उसको इक्षा विपरित कागजपत्रमा सही गराउनु सामान्य बयान मात्र नभएर मुलुकको फौजदारी कानुन आकर्षित गर्ने गम्भीर घटना हो भनिएको छ ।
एकल महिलासमेत रहेकी लुम्बिनी प्रदेशकी सांसद विमला ओलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ५ दिनसम्म बन्धक बनाइएको र विभिन्न कागजपत्रमा जबरजस्ती हस्ताक्षर गर्न लगाएको बिहीबार पत्रकारसमक्ष बयान दिएकी विज्ञप्तीमा उल्लेख छ ।
‘मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार गत बैशाख १९ गते असंवैधानिक ढंगले निर्माण भएयता निरन्तर अल्पमतमा रहेर पनि निर्लज्ज ढंगले अराजनैतिक र असंवैधानिक रुपमा संञ्चालन भै आएको कुरा सर्वविदितै छ ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।
‘अविश्वासको प्रस्तावको सामना नगर्ने, बजेट पेश नगर्ने र संसद बैठक वहिष्कार गर्ने, अन्य पार्टी तोडफोड गर्ने जस्ता घटना त घटाई रहेका मुख्यमन्त्री स्वयंम सांसद अपहरण, धम्की र किनवेचको अपराधिक तरिका अपनाउदै सांसदलाई शरिर बन्धक अपहरणमा संलग्न भैरहेको त होईन भनी गम्भिर आशंका जन्माएको छ ।’ विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा जनता, सांसद लगायत सबैको सुरक्षा गर्नुपर्ने दायित्व बोकेको सरकारकै नेतृत्व अपहरण जस्ता अपराधिक घटनामा प्रत्यक्ष सहभागिता हुनुले संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने खतरा देखिएको उल्लेख गरिएको छ । महिला संघले अपराधी जतिसुकै प्रभावशाली नै किन नहोस् यथासिघ्र कानुनको दायरामा ल्याएर कानुनी उपचार गरी पीडितलाई न्यायको पत्याभूति गर्नकालागि सरकार संग माग गरेको छ ।

≪ Previous Post

हराएको नगद र सुन ट्राफिक प्रहरीले सम्बन्धित ब्यक्तिलाई बुझायो

Next Post ≫

तिलोत्तमा र बुटवल उद्योग वाणिज्य संघको पहलमा ब्यवसायीलाई खोप

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क