Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी प्रदेशका मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न साउन २७ गते विशेष अधिवेशन आह्वान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रदेशका मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न साउन २७ गते विशेष अधिवेशन आह्वान

संसारपोस्ट संवाददाता · २१ श्रावण २०७८ · 0
लुम्बिनी प्रदेशका मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न साउन २७ गते विशेष अधिवेशन आह्वान
140
SHARES
ShareTweet

बुटवल, २१ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफलका लागि यही साउन २७ गते विशेष अधिवेशन बोलाइएको छ ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरन्जीवी पौडेलद्वारा बिहीबार जारी प्रेस विज्ञप्तीमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम यही साउन २७ गते बुधवार दिउसो १ वजेका लागि प्रदेश सभाको विशेष अधिबेशन बस्ने गरी तोक्नु भएको उल्लेख छ । विज्ञप्तीमा नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम प्रदेश सभाको अधिबेशन बोलाउनको लागि प्रदेश सभाका सदस्यहरुले लिखित अनुरोध गरे अनुसार विशेष अधिबेशन तोकिएको उल्लेख छ ।
यस्तै प्रदेशसभा सचिवालयले पनि बिहीबार एक सूचना जारी गरी प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते दिउँसो १ बजे विशेष अधिवेशन आह्वान गरेको जानकारी गराएको छ ।
साउन १८ गते नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्री पोखरेल विरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । विपक्षी दलका सांसदहरुले प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेश सभाको विशेष अधिवेशन बोलाउन समेत प्रदेश प्रमुख समक्ष माग गरेका थिए ।

≪ Previous Post

११ लाख बढिको अवैध सामान बरामद, कारवाहीका लागि भन्सार चलान

Next Post ≫

सांसद वलीले लगाएको अपहरणको आरोप झुठा हो : एमाले

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क