Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ ११ लाख बढिको अवैध सामान बरामद, कारवाहीका लागि भन्सार चलान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

११ लाख बढिको अवैध सामान बरामद, कारवाहीका लागि भन्सार चलान

संसारपोस्ट संवाददाता · १९ श्रावण २०७८ · 0
११ लाख बढिको अवैध सामान बरामद, कारवाहीका लागि भन्सार चलान
100
SHARES
ShareTweet

भैरहवा, १९ साउन । जिल्ला प्रहरी कार्यालय रूपन्देही मातहतका प्रहरी ईकाई कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न ठाउंबाट ११ लाख बढिको अवैध सामान बरामद गर्नुका साथै मानिस र मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
प्रहरी टोलीले आज(मंगलबार) जिल्लाका विभिन्न ठाउंबाट रु.११ लाख १८ हजार बराबरको अबैध सामान सहित पक्राउ परेका मानिस र मोटरसाईकल भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्ष सत्यनारायण थापाले बताउनु भयो ।
प्रहरी प्रवक्ता थापाका अनुसार ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बिभिन्न कम्पनिका मोबाईल सेट–३७ पिस, ईयरफोन–१७५ पिस, ब्लुतुथ–५ पिस र मोबाईलको व्याट्रि–१०० पिस गरी जम्मा रु.८ लाख २० हजार बराबरको अबैध मोबाईल समेतका सामान बरामद गरेको छ ।
यस्तै प्रहरी टोलीले लु ६ प ३०२५, लु ५ प ५०८८ र युपी ५३ ए ६९१६ नं को मोटरसाईकलमा चढि आएका रुपन्देही रोहिणी गाउँपालिका –४ छिपागढबस्ने बर्ष १८ को मुवारक मुसलमान, सोही ठाउं बस्ने बर्ष १९ को नजरे आलम र बर्ष १९ को अनिल बानिया समेतले ल्याउंदै गरेको अबस्थामा १५० पिस ब्रोईलर र मोटरसाइकल सहित जम्मा राजश्व १ लाख ८० हजार तथा नियन्त्रणमा लिईएका ३ जनालाई जनही २५ हजार गरी ७५ हजार जरिवाना भएको छ । बरामद कुखुराहरु आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाई र मोटरसाईकल र मानिस भन्सार कार्यालय बेलहिया पठाईएको छ ।
यस्तै ईलाका प्रहरी कार्यालय मझगावा रुपन्देही मातहतको प्रहरी चौकी शिवपुर गोनाहाबाट खटिएको प्रहरी टोलीले भारतबाट अबैध रुपमा भन्सार छलेर ल्याउदै गरेको कुर्ता सुरुवाल २९ थान, तन्ना–२ पिस र पर्दा–५ थान गरी अन्दाजी मूल्य रु.३३ हजार बराबरको अबैध सामान बरामद गरि भन्सार कार्यालय बेलहिया पठाईएको छ ।
यसैगरी ईलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरी टोलीले अन्दाजी मूल्य रु १० हजार बराबरको ४ बोरा चिनी बरामद गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया पठाईएको प्रहरीले जनाएको छ ।

≪ Previous Post

पत्रकार महासंघ रुपन्देहीद्वारा आगामी कार्यदिशा केन्द्रीत छलफल

Next Post ≫

लुम्बिनी प्रदेशका मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न साउन २७ गते विशेष अधिवेशन आह्वान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क