Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पत्रकार महासंघ रुपन्देहीद्वारा आगामी कार्यदिशा केन्द्रीत छलफल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पत्रकार महासंघ रुपन्देहीद्वारा आगामी कार्यदिशा केन्द्रीत छलफल

संसारपोस्ट संवाददाता · १९ श्रावण २०७८ · 0
पत्रकार महासंघ रुपन्देहीद्वारा आगामी कार्यदिशा केन्द्रीत छलफल
70
SHARES
ShareTweet

पत्रकार आचारसंहिता कार्यान्वयन गर्न सुझाव
बुटवल, १९ साउन । पत्रकार आचारसंहिता कडाईका साथ कार्यान्वयन गर्दै पत्रकारिता पेशालाई मर्यादित र व्यवसायिक बनाउनुपर्नेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । पत्रकारको पेशागत र भौतिक सुरक्षाको सुनिश्चितता गर्दै पत्रकारलाई आचारसंहितामा बाध्न जरुरी रहेकोमा उनीहरूको जोड छ ।
नेपाल पत्रकार महासंघ, रूपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको आगामी कार्यदिशा केन्द्रित छलफल कार्यक्रममा बोल्दै पत्रकारहरुले आचारसंहिता कार्यान्वयन गर्दै पत्रकार र पे्रेसको दुरूपयोग रोक्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ, रुपन्देहीका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाईले पत्रकार महासंघले रुपन्देहीको पत्रकारिताको इतिहास खोतलेर अनुसन्धान गर्नुपर्ने बताउनु भयो । उहांले पत्रकार महासंघको गरिमा उचो बनाउने सवालमा सदैव महासंघको साथमा रहने बताउनु भयो ।
महासंघका पूर्व अध्यक्ष विनोद पहाडीले पत्रकारहरुको क्षमता अभिवृद्धि र पेशागत सुरक्षामा पत्रकार महासंघ केन्द्रित हुनुपर्ने बताउनु भयो । उहांले महासंघले बहुआयामिक योजनाका साथ बहुउद्देश्यीय भवन सहित रिसर्च भवन बनाउन पहल गर्नुपर्ने बताउनु भयो ।
पूर्व अध्यक्ष हरि लम्सालले पत्रकारिता पेशालाई सम्मानित बनाउन आचारसंहिता कार्यान्वयन गर्न महासंघले पहल कदमी लिनुपर्ने बताउदै पत्रकारिता पेशाको गरिमा र मर्यादा कायम राख्ने गरि काम गर्न सुझाव दिनुभयो ।
त्यस्तै पूर्व अध्यक्ष मोहन चापागाईले पत्रकारको पेशागत हकहितका साथै क्षमता अभिवृद्धि गर्दै पत्रकारका लागि चाहिने साधान स्रोत खरिदको लागि सहुलियतको लागि महासंघले भूमिका खेल्नुपर्ने बताउनु भयो । चापागाईले सरकारी साधनस्रोतको उपयोग गरेर सरकारी बजेट मिडियामा ल्याउनुपर्ने बताउननु भयो ।
महासंघका सल्लाहकार तथा पूर्व अध्यक्ष शेरबहादुर केसीले पत्रकार आफ्नो मर्यादा बाहिर जान नहुने बताउनु भयो । महासंघका निवर्तमान अध्यक्ष तथा सल्लाहकार यानेन्द्र जिसीले पत्रकारिता पेशाको सुरक्षाको लागि क्षमता अभिवृद्धिमा ध्यान दिन जरुरी रहेको बताउनु भयो ।
महासंघका सल्लाहकार दिनेश पाण्डेले पत्रकारको सुद्धिकरण जुरुरी रहेको बताउनु भयो । प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीले पत्रकार आचारसंहिता पालना गराउन नियमित प्रशिक्षण आवश्यक रहेको बताउनु भयो । त्यस्तै महासंघका निवर्तमान सल्लाहकार नारायण सापकोटाले पत्रकार महासंघमा वितरण हुने पुरस्कार पारदर्शी बन्नुपर्ने बताउनु भयो ।
निर्वतमान सल्लाहकार माधव नेपालले रुपन्देहीमा काम गर्ने पत्रकारको ठूलो अभाव रहेको भन्दै वास्तविक पत्रकारको संस्था महासंघ बन्नुपर्ने बताउनु भयो । त्यस्तै महासंघका निवर्तमान सल्लाहकार खिमानन्द भट्टराईले पत्रकारको सुद्धिकरण संगठनबाट गर्न आवश्यक रहेको बताउनु भयो । उहांले मिडिया हाउस र महासंघको सयुक्त पहलमा क्षमता अभिवृद्धिका तालिम चलाउनुपर्ने बताउनु भयो । निवर्तमान सल्लाहकार चेतन पन्तले अन्तर्राष्ट्रिय मिडियासँग प्रतिष्पर्धाका लागि पत्रकारहरुको परिवर्तन हुन आवश्यक रहेको बतानु भयो । प्रेस युनियन रुपन्देहीका सभापति रेखा भुसालले नयाँ पत्रकारहरुलाई आधारभूत र पुराना पत्रकारलाई बिट तालिम चलाउनुपर्ने बताउनु भयो ।
कार्यक्रममा प्रेस चौतारी नेपाल, रुपन्देहीका अध्यक्ष अमृत गिरी, प्रेस संगठन रुपन्देहीका संयोजक कमल रायमाझी, प्रगतिशील पत्रकार संघका अध्यक्ष श्यामलाल पोखरेल, प्रेस मञ्च, नेपालका सचिव टिआर शर्मा, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी, संघीय पत्रकार परिषदका सोनु थापा, सञ्चारिका समूह रुपन्देहीका अध्यक्ष निरु गौतम, क्रियाशिल महिला पत्रकार रुपन्देहीका अध्यक्ष कल्पना तिवारीलगायतले पत्रकारको न्यूनतम पारिश्रमिकको लागि मिडिया हाउसको अनुगमन गर्नुपर्ने, मिडिया हाउसहरुले सञ्चित र आपतकालिन कोष बनाउनु पर्ने, मिडिया हाउसमा लैगिंकमैत्री नीति बनाउनुपर्नेमा सुझाव दिनुभयो ।
महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले राय सुझाव कार्यान्वयन गर्दै जाने बताउनु भयो । महासंघ रुपन्देहीका अध्यक्ष पोखरेलको अध्यक्षता, उपाध्यक्ष विश्वास ढकालको स्वागत, महिला उपाध्यक्ष अमृता अनमोलको धन्यवाद ज्ञापन तथा सचिव विनोद परियारको सञ्चालनमा कार्यक्रम भएको भएको थियो ।

≪ Previous Post

लुम्बिनी प्रदेशका मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता

Next Post ≫

११ लाख बढिको अवैध सामान बरामद, कारवाहीका लागि भन्सार चलान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क