Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ लुम्बिनी प्रदेशका मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रदेशका मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता

संसारपोस्ट संवाददाता · १९ श्रावण २०७८ · 0
लुम्बिनी प्रदेशका मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता
70
SHARES
ShareTweet

बुटवल, १९ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । विपक्षी गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले आज(मंगलबार)मुख्यमन्त्री बिरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वसाको प्रस्ताव दर्ता गराएका हुन् । प्रदेशसभा सचिवालयमा दर्ता गराइएको अविश्वासको प्रस्तावमा नेकपा माओवादी केन्द्र संसदिय दलका नेता कुलप्रसाद केसीलाइ नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।
विपक्षी दलका सांसदहरुले प्रदेशसभा सचिवालयका सचिव दुर्लभ कुमार पुनलाइ प्रस्ताव बुझाएका हुन् । अविश्वासको प्रस्ताव सचिवालयमा दर्ता भइसकेको सचिव पुनले जानकारी दिनुभयो । विपक्षी दलका सांसदहरुले मुख्यमन्त्री विरुद्ध अहिलेसम्म आफुहरुको अविश्वास कायम रहेको भन्दै संविधानको धारा १८८(४) र लुम्बिनी प्रदेशको प्रदेशसभा नियमावली नियम १४४(१) बमोजिम अविशवास प्रस्ताव दर्ता गरेको उल्लेख गरेका छन् । उनीहरुले दर्ता गराएको प्रस्तावमा मुख्यमन्त्री विरुद्ध यसअघि प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावमा छलफल नै नगरी सांसदहरुको अधिकार हनन गरिएको बताएका छन् ।
अविश्वासको प्रस्ताव दर्ता गराउन एक तिहाइ हस्ताक्षर हुनुपर्ने भएकाले ३४ जना सांसदको हस्ताक्षर सहित मुख्यमन्त्री पोखरेल बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको नेपाली काँग्रेस संसदिय दलका प्रमुख सचेतक फकरुद्धिन खानले बताउनु भयो । यसअघि गत बैशाख ६ गते पनि विपक्षी गठबन्धनले पोखरेल बिरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए । तर मुख्यमन्त्री पोखरेलले त्यसलाइ सदनमा प्रवेशै गर्न नदिइ बैशाख १९ मा सरकारबाट राजिनामा दिएर सोही दिन र पुनः नियुक्ति लिनुभएको थियो ।

विशेष अधिवेशन गर्न प्रदेश प्रमुख समक्ष समाबेदन

अविश्वासको प्रस्ताव दर्ता संगै विपक्षी गठबन्धमा रहेका दलका सांसदहरुले आजै प्रदेश प्रमुख अमिक शेरचन समक्ष समाबेदन गरेका छन् । विपक्षी दलले प्रदेश प्रमुख शेरचन समक्ष अविश्वासको प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन बोलाउन माग गरेका हुन् । विपक्षी गठबन्धनका सांसदहरुले मुख्यमन्त्री पोखरेललाइ प्रदेशसभाका बहुमत सदस्यको समर्थन नरहेको भन्दै अविश्वासको प्रस्तावमाथि छलफलको माग गरेका हुन् ।

≪ Previous Post

माओबादी रोजेकी सांसद विमला फेरी एमालेमै

Next Post ≫

पत्रकार महासंघ रुपन्देहीद्वारा आगामी कार्यदिशा केन्द्रीत छलफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क