बुटवल, १८ साउन । लुम्विनी प्रदेशसभा सांसद विमला कुमारी खत्री वलीले आफु एमालेमा फर्किएको बताउनु भएको छ । एक सातासम्म सम्पर्कबिहीन रहेकी सांसद वलीले सोमबार विज्ञप्ती प्रकाशित गरी आफु एमालेमा फर्किएको बताउनु भएको हो । तत्कालिन नेकपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद वलीले सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताईदिएपछि माओवादी केन्द्र रोज्नु भएको थियो ।
सोमबार जारी विज्ञप्तीमा भने सांसद वलीले आफू सूर्य चुनाव चिन्हवाट चुनावमा प्रतिष्प्रधा गरी निर्वाचित भएको भन्दै एमालेमै फर्किएको बताउनु भएको छ । ‘नेकपा एमाले र माओवादी केन्द्र एकता भएपछि नेकपाको चुनाव चिन्हबाट म चुनावमा उम्मेदवार भएको हो । पार्टी विभाजनपछि म नेकपा एमाले संसदीय दलको बैठकमा र एमाले दाङ जिल्ला कमिटी सदस्यको हैसियतले समेत बैठकमा सहभागि भएकाले कुनै भ्रममा नपर्नुहुन सबैमा आग्रह गर्दछु ।’ सांसद वलीले प्रकाशित गरेको विज्ञप्तीमा भनिएको छ ।
२०७४ सालमा एमालेबाट निर्वाचित विमलाका श्रीमान् उत्तरकुमार ओलीको सवारी दुर्घटनामा मृत्यु भएपछि उप–निर्वाचनमा तत्कालीन नेकपाबाट विमला दाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ को प्रदेश सभा निर्वाचन क्षेत्र (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
सांसद वलीले जारी गरेको विज्ञप्ती :
