बुटवल, १७ साउन । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४८ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कायार्यालय रुपन्देहीले जारी गरेको पछिल्लो २४ घण्टाको तथ्याँक अनुसार बुटवलमा २७ जना संक्रमित थपिएका छन् ।
योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३९४ पुगेको छ । पछिल्लो समय थपिएका संक्रमितहरुमध्ये बुटवलमा ३७ जना, सिद्धार्थ नगरमा ४ जना, तिलोत्तमामा १३ जना, देवदहमा १ जना, सैनामैनामा २ जना र मायादेबीमा १ जना रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार हालसम्म जिल्लामा संक्रमितको संख्या कुल २९ हजार १ सय ४६ पुगेका छन् । अहिलेसम्म ५१६ जनाको मृत्यु भएको छ भने २८ हजार ३ सय ६७ जना निको भएका छन् ।
