बुटवल, १७ साउन । महिलाहरुको महानपर्व हरितालिका तिज नजिकिएसँगै तिजका गीत सार्वजनिक हुने क्रम बढेको छ । यसैबीच गायीका शान्ता जिसीको स्वर रहेको नयाँ गीत ‘घरबारी’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । प्रेम सापकोटा सोनु र शान्ता जिसीको स्वर रहेको गीतलाई प्रेम सापकोटाले लिरिक्स तयार पारेका हुन् भने गीतमा पनि उनकै म्युजिक छ ।
महेन्द्र भण्डारीको म्युजिक एरेन्ज, खडक वाजुरालीको साउण्ड मिक्सिङमा तयार भएको गीत मालाश्रीमा रेकर्ड गरिएको हो । यसको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । राजेश घिमिरेले खिचेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् । भिडियोमा रामजी खाँड र अनु पराजुली लगायतका कलाकारको अभिनय रहेको छ । शान्ता जिसीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको गीत छोटो समयमै चर्चामा छ । यसअघि गायिका जिसीले सार्वजनिक गरेका गीतहरु ‘जापानिज साडी, वरीलै, बाहिर कुरा नगर लगायतका गीत चर्चित छन् । यो गीतबाट पनि राम्रो प्रतिक्रिया पाएको उनको भनाई छ । बाचा, तिम्रो बचन लगायतका अरु आधा दर्जन गीतमा स्वर भरेकी उनी लामो समयदेखि जापान बस्दै आएकी छन् । उनले हरेक वर्ष तिजका समयमा तिज गीत ल्याउने गरेकी छन् ।
