Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमाको बांसघारीमा लायन्स देउरालीको ‘माई लायन्स भिलेज’
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमाको बांसघारीमा लायन्स देउरालीको ‘माई लायन्स भिलेज’

संसारपोस्ट संवाददाता · १७ श्रावण २०७८ · 0
तिलोत्तमाको बांसघारीमा लायन्स देउरालीको ‘माई लायन्स भिलेज’
70
SHARES
ShareTweet

बुटवल, १७ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पहिलो लायन्स भिलेज स्थापना भएको छ । विकासमा तुलनात्मकरुपमा पछाडि परेको र विपन्न वर्गको बसोबास भएको वस्ती छनोट गरेर नगरपालिकाको वडा नं. ६ को बांसघारी टोलमा लायन्स क्लब अफ बुटवल देउरालीले ‘माई लायन्स भिलेज’ स्थापना गरेको हो । क्लबले वर्षभरि गर्ने सामाजिक सेवाका कामहरुलाई एउटै गाउंमा केन्द्रीत गरी उक्त गाउंका बासिन्दाको आर्थिक, सामाजिक विकासमा योगदान गर्ने उद्देश्यले लायन्स भिलेज स्थापना गरिएको क्लबका अध्यक्ष ज्ञानप्रसाद पौडेलले बताउनु भयो । लायन्स भिलेजमा निःशुल्क वृहत स्वास्थ्य शिविर, महिलाको स्तन र पाठेघरको क्यान्सर स्क्रिनिङ, विपन्न विद्यार्थीलाई छात्रवृत्ति, शैक्षिक सामग्री र खाद्यान्न वितरण जस्ता कार्यक्रम गरिने अध्यक्ष पौडेलले बताउनु भयो । लायन्स भिलेजको उद्घाटन गर्दै लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बी २ नेपालका डिस्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले शहर केन्द्रीत कार्यक्रमलाई स्थानीय सरकारसंग सहकार्य गरेर गाउंमा केन्द्रीत गर्ने उद्देश्यले ‘माई लायन्स भिलेज’ अभियान शुरु गरिएको र हालसम्म ५० वटा लायन्स भिलेज स्थापना भइसकेका बताउनु भयो । उहांले लायन्स क्लबहरुले देखाउन र प्रचारका लागि नभई निस्वार्थ सेवाभावले अन्तर हृदयदेखि सामाजिक सेवाका काम गर्नुपर्नेमा जोड दिनुभयो । लायन्स क्लबहरुबाट राजनीतिक दल र नेताहरुले विधि र पद्दति सिक्नुपर्ने उहांले बताउनु भयो ।
वडा अध्यक्ष सुखदेव न्यौपानेले नगरपालिकामा पहिलो लायन्स भिलेज स्थापनाले वडाका विपन्न वर्गले लाभ लिन पाउने र वडाको विकासमा इट्टा थपिएको धारणा राख्नुभयो ।
लायन्स क्लब बुटवल देउरालीले आइतबार नै आनन्दवन स्वास्थ्य चौकीमा लायन्स पार्क स्थापना र बृक्षारोपण गरेको छ । नगरपालिकासंगको सहकार्यमा क्लबले पार्कमा डेढ सय फूलका विरुवा रोपेको हो । कार्यक्रम क्लबका सचिव कृष्णप्रसाद भण्डारीको सञ्चालन र सहसचिव मोहिनी रिजालको स्वागतमा सम्पन्न भएको थियो ।

≪ Previous Post

अर्घाखाँचीमा पुर्णकालिन निषेधाज्ञा जारी

Next Post ≫

२४ घण्टामा रुपन्देहीमा थपिए ४८ जना कोरोना संक्रमित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क