Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ अर्घाखाँचीमा पुर्णकालिन निषेधाज्ञा जारी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अर्घाखाँचीमा पुर्णकालिन निषेधाज्ञा जारी

संसारपोस्ट संवाददाता · १७ श्रावण २०७८ · 0
अर्घाखाँचीमा पुर्णकालिन निषेधाज्ञा जारी
40
SHARES
ShareTweet

अत्यावश्यक पसलहरु बिहान ६ देखि ९ बजेसम्म खुल्ने : अरु सबै बन्द
अर्घाखाँची, १७ साउन । अर्घाखाँचीमा शनिवार मध्यरातदेखि पुर्णकालिन निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण दर उच्च हुँदै गएपछि जिल्ला स्थित कोरोना संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले पुर्णकालिन निषेधाज्ञा लागु गर्ने निर्णय गरेको हो ।
साउन १६ गते शनिवारराति १२ बजेदेखि जारी निषेधाज्ञा साउन ३० गते राति १२ बजेसम्म जारी रहनेछ । निषेधाज्ञाको पुर्णरुपमा पालना गर्न जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ । अर्घाखाँची जिल्ला कोरोनाको उच्च जोखिममा रहेकाले नियमको पुर्ण पालना गर्न र स्वास्थ्य मापदण्ड अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
जिल्ला स्थित कोरोना संकट व्यवस्थापन केन्द्रका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले अत्यावश्यक पसलहरु बिहान ६ देखि ९ बजेसम्म खुल्ने जानकारी दिनुभयो । यातायात, बैंक तथा वित्तीय संस्थाहरु पुर्णरूपमा बन्द हुने छन् । जारी निषेधाज्ञाको उलंघन गर्नेलाई कोरोना संकट व्यवस्थापन गर्न बनेको अध्यादेश–२०७८ को दफा (४) र स्थानीय प्रशासन ऐन–२०२८ बमोजिम कारवाही हुने पमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।
अर्घाखाँचीमा १५ दिन लामो निषेधाज्ञा पहिलोपटक जारी गरिएको हो । तिव्र रुपमा संक्रमण फैलिन थालेपछि साउन १४ गते सर्वपक्षिय बैठक बसेर कडा निषेधाज्ञा लागु गर्ने निर्णय गरिएको थियो । हाल जिल्लामा पाँच सय ७१ जना सक्रिय संक्रमित रहेका छन् । कोरोनाका कारण जिल्लामा ७२ जनाले ज्यान गुमाई सकेका छन् ।
अर्घाखाँची लगायत १७ जिल्लामा कोरोनाको उच्च जोखिम रहेको स्वास्थ्य मन्त्रालयको तथ्याँकमा उल्लेख छ । सरकारले अर्घाखाँची सहित १७ जिल्लालाई अति उच्च जोखिम क्षेत्रमा राखेको छ । जसमा कपिलवस्तु, पाल्पा, गुल्मी, प्युठान, झापा, सिराहा, धनुषा, महोत्तरी, रौतहट, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, डोटी, अछाम र बाजुरा छन् । यस्तै २२ जिल्ला जोखिम क्षेत्रमा परेका छन् । जसमा मोरङ, सप्तरी, सर्लाही, पर्सा, सिन्धुपाल्चोक, धादिङ, गोरखा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कास्की, स्याङजा, दाङ, रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कालिकोट र बझाङ रहेका छन् ।

≪ Previous Post

लुम्विनी प्रदेश सरकार अल्पमतमा रहेको भन्दै विपक्षी दलले बुझाए प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र

Next Post ≫

तिलोत्तमाको बांसघारीमा लायन्स देउरालीको ‘माई लायन्स भिलेज’

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क