Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लिम्घा रुपन्देही सम्पर्क समाजको सभाहल निर्माणका लागि आर्थिक सहयोग जुट्दै
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लिम्घा रुपन्देही सम्पर्क समाजको सभाहल निर्माणका लागि आर्थिक सहयोग जुट्दै

संसारपोस्ट संवाददाता · १३ श्रावण २०७८ · 0
लिम्घा रुपन्देही सम्पर्क समाजको सभाहल निर्माणका लागि आर्थिक सहयोग जुट्दै
100
SHARES
ShareTweet

बुटवल, १३ साउन । लिम्घा रुपन्देही सम्पर्क समाजले रुपन्देहीको बुटवल उपमहानगरपालिका वार्ड नं ४, लक्ष्मीनगर स्थित लक्ष्मीपार्कमा सभाहल (ट्रस) निर्माण गर्न लागेको छ । गुल्मी जिल्लाको साविक लिम्घा गाविस (हाल सत्यवती गाउँपालिका) बाट बसाई सराई गरी रुपन्देहीका विभिन्न ठाउंमा रहेका लिम्घेलीहरुविच भाईचाराको सम्वन्ध स्थापित गर्दै नियमित भेटघाट तथा सम्पर्क गर्ने कोही कसैमा समस्या आईपरेमा सक्दो सहयोग गर्ने उद्देश्यले सम्पर्क समाजको स्थापन गरिएको हो । समाजको आफ्नै भवन तथा कार्यालय नभएको अवस्थामा सबै लिम्घेलीहरुको साथ र सहयोगमा लक्ष्मीपार्कमा सभाहल (ट्रस) निर्माण गर्न लागिएको समाजका सल्लाहकार धर्मदत्त ज्ञवालीले बताउनु भयो । समाजले लिम्घामा बसोबास गर्ने तथा लिम्घाबाट बसाईसराई गरी रुपन्देही आएका लिम्घेलीहरुलाई सभाहल निर्माण सहयोग गर्न आग्रह समेत गरेको छ ।
समाजको आग्रह अनुसार समाजका सल्लाहकार, पदाधिकारी, सदस्य तथा विभिन्न दाताहरुले दुई लाख बढि आर्थिक सहयोग गरेका समाजका अध्यक्ष परमानन्द भट्टराईले बताउनु भयो । उहांका अनुसार शंकर ज्ञवालीले ५१ हजार १, लोकनाथ उपाध्यायले २५ हजार १०१, ओम ज्ञवालीले २१ हजार ७७७, धर्म ज्ञवालीले २० हजार १०१, परमानन्द भट्टराईले १५ हजार १०१, डिल्लीरीज उपाध्यायले १५ हजार १, प्रेमनिधि ज्ञवालीले १० हजार १०१, लेखबहादुर शाहीले १० हजार १०१, टिकाराम ज्ञवालीले १० हजार १०१, नन्दकला उपाध्यायले १० हजार १०१, राजकुमार शाहीले १० हजार १०१ र मन्जु मल्लले १० हजार १०१ रुपैयाँ सहयोग गर्नुभएको छ । यस्तै हरिराम पौड्यालले ५ हजार १०, श्रीराम पौड्यालले ५ हजार १, सरस्वती ज्ञवालीले ५ हजार १ र गोमा ज्ञवालीले ५ हजार १ रुपैयाँ सहयोग गर्नुभएको छ ।
समाजले सभाहल निर्माणमा आर्थिक सहयोग गर्ने दाताहरुलाई सहयोग राशी अनुसार सम्मान गर्ने नीति बनाएको छ । जसअनुसार एकलाख भन्दा बढी सहयोग गर्ने दाताको एकाघरको परिवारको नाम संगमरमरमा लेखी ताम्र पत्र द्वारा सम्मान गरिने, पचार हचार भन्दा बढी सहयोग गर्ने दातालाई समाजको आजीवन सदस्यता, संगमरमरमा नाम सहित सम्मान, पचिस हजार भन्दा बढी रकम सहयोग गर्ने ब्यक्ति वा संघ सस्थाको नाम संगमरमरमा लेखि सम्मान, दश हजार भन्दा बढी सहयोग गर्ने दाताहरुको नाम संगमरमरमा उल्लेख गरी सम्मान तथा पाँच हजार भन्दा बढी सहयोग गर्ने दाताहरुलाई चाँदीको फ्रेममा प्रमाणपत्र सहित सम्मान गरिने समाजका कोषाध्यक्ष प्रेमनिधी ज्ञवालीले बताउनु भयो । लक्ष्मी पार्कमा निर्माण गरिने एक कोठा र मञ्च सहितको सभाहलको नक्शा डिजाईन ईन्जिनियर कमल शाहीले गर्नुभएको हो ।

≪ Previous Post

दलितका सवाललाई प्राथमिकता दिन सम्पादहरु प्रतिबद्ध

Next Post ≫

माओवादी केन्द्रले कारवाही गरेका लुम्बिनीका दुई सांसद सर्वोच्चमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क