Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ पर्यटन ≫ दलितका सवाललाई प्राथमिकता दिन सम्पादहरु प्रतिबद्ध
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दलितका सवाललाई प्राथमिकता दिन सम्पादहरु प्रतिबद्ध

संसारपोस्ट संवाददाता · १३ श्रावण २०७८ · 0
दलितका सवाललाई प्राथमिकता दिन सम्पादहरु प्रतिबद्ध
60
SHARES
ShareTweet

बुटवल, १३ साउन । नेपाली मिडियामा दलित समुदायको सवाल उठाउन लुुम्बिनीका सम्पादकहरुले प्रतिबद्धता जनाएका छन् । जागरण मिडिया सेन्टरले मंगलबार र बुधबार बुटवलमा आयोजना गरेको नेपाली मिडियामा दलित सवालमा सम्पादकहरुसँगको संवाद कार्यक्रमपछि १० बुुँदे बुटवल प्रतिबद्धता पत्र जारी गर्दै जातीय छुवाछुत तथा सबै प्रकारका भेदभाव विरुद्धका सवाल उठाउन उनीहरुले प्रतिबद्धता जनाएका हुन् । संविधान र समावेशीकरणको भावनाअनुरुप सरकारी तथा निजी मिडियामा दलित समुदायको समानुपातिक सहभागिताको सुनिश्चितता गर्न समेत सम्पाकदहरुले प्रतिवद्धता जनाएका छन् । राष्ट्रिय आमसञ्चार नीतिलाई दलितमैत्री बनाउँदै यसको प्रावधानलाई कार्यान्वयन गर्नुपर्ने, प्रदेश र स्थानीय सरकारका सञ्चार सम्बन्धि प्रतिष्ठानमा हुने नियुक्ति समावेशी सिद्धान्तको आधारमा र निजि क्षेत्रका सञ्चार माध्यममा समेत सम्पादकीय समूहमा दलित समुदायको सहभागिता सुनिश्चित गर्न समेत माग गरिएको छ ।
यसैगरि दलित र महिलाले सञ्चालन गरेका सञ्चारमाध्यमलाई राज्यद्वारा बिशेष सुविधा प्रदान गरी दर्ता तथा नवीकरण लगायतका कर मिनाहसम्मको नीति ल्याउन र विभिन्न भाषाभाषीका सञ्चार माध्यमहरूलाई बिशेष ब्यवस्था गर्न समेत प्रतिबद्धता पत्रमा भनिएको छ ।
दलित तथा लैंगिक सवालका घटनालाई मात्रै नभई बिषयबस्तुुमा आधारित रहेर नियमित कार्यतालिका बनाई सञ्चारमाध्यमबाट प्रकाशन÷प्रशारण गर्न बुुटवल प्रतिबद्धता पत्रमा उल्लेख छ । यस्तै लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरेको सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संविधान र प्रेस स्वतन्त्रता विरोधी भएकाले त्यसलाई फिर्ता गरि पुनरलेखन गर्न सम्पादकहरुले माग गरेका छन् । छलफलमा २५ भन्दा बढि सम्पादकहरुको सहभागिता थियो । छलफलका अवसरमा बरिष्ठ पत्रकार तथा राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले नेपाली मिडियामा दलितका सवाल अझै मिहिन रुपमा उठाउनुपर्नेमा जोड दिनुभयो । दलित समुदायको पत्रकारहरुको उपस्थिति बढेको बताउँदै अब गैरदलित पत्रकारहरुले दलितका सवाल उठाउनुपर्ने उहांले बताउनु भयो । छलफलमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डेले दलित सवालमा गुणात्मक परिवर्तनको खाँचो रहेको बताउदै संख्या बृद्धि भएकाले अब मुद्धालाई उठाउने सवालमा नितिगत पहल गर्नुपर्ने बताउनु भयो । नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव विक्रम खड्काले दलित समुदायको सवालमा मिडिया संवेदनशील हुनुपर्ने बताउनु भयो । उहांले कतिपय अवस्थामा दलित समुदायकै जनप्रतिनिधिले समेत आफ्ना मुुद्धा नबोलेको पाइएकाले त्यतातर्फ पनि ध्यान दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले तल्लो तहका दलितका सवाललाई मिडियाले ध्यान दिनुपर्ने बताउनु भयो । यसैगरि छलफलमा नेपाल पत्रकार महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष एंव दैनिक लुम्बिनीका सम्पादक यानेन्द्र जिसी, महासंघ रुपन्देहीका उपाध्यक्ष अमृता अनमोल, टेलिभिजन प्रसारक संघका लुम्बिनी संयोजक विष्णुु भुसाल, पत्रकार दामोदर खनाल, जनसंघर्ष दैनिकका सम्पादक रामप्रसाद आचार्य, लुम्बिनी टाईम्सका सम्पादक प्रदीप आचार्य, समता टिभिका सम्पादक नरेश केसी, लुम्बिनी खबरका सम्पादक कमल रायमाझी, मिलापत्र खबरका सम्पादक भुवन कार्की, रेडियो मुक्तिका स्टेशन म्यानेजर कल्पना तिवारी, ग्लोबल आवाजका सम्पादक एनवि कंडेल, मेरो साथी एफएम कपिलबस्तुका प्रबन्धक चिन्ता परियार, देवदह टिभिका सम्पादक टंक सुनार लगायतले बोल्दै दलितका सवाल उठाउने प्रतिबद्धता जनाउनु भयो । जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माको अध्यक्षता, सचिव कृष्ण दर्नालको स्वागतमा भएको कार्यक्रमको सञ्चालन विनोद परियारले गर्नुभएको थियो ।

≪ Previous Post

गुल्मीमा जिप दुर्घटना : ३ जनाको घटनास्थलमै मृत्यु

Next Post ≫

लिम्घा रुपन्देही सम्पर्क समाजको सभाहल निर्माणका लागि आर्थिक सहयोग जुट्दै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क