Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रोयल ईनफिल्डको नयाँ मोडल मेटिअर मोटरसाइकल बुटवलमा लन्च
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोयल ईनफिल्डको नयाँ मोडल मेटिअर मोटरसाइकल बुटवलमा लन्च

संसारपोस्ट संवाददाता · १३ श्रावण २०७८ · 0
रोयल ईनफिल्डको नयाँ मोडल मेटिअर मोटरसाइकल बुटवलमा लन्च
80
SHARES
ShareTweet

बुटवल, १३ साउन । रोयल ईनफिल्ड (बुलेट मोटरसाइकल) को नयाँ मोडल मेटिअरका ३ भेरियन्ट बुटवलमा लन्च गरिएको छ । नारायणी पश्चिम नेपालगञ्ज सम्मको आधिकारिक विक्रेता गैरे प्रतिष्ठान प्रालि बुटवलले बुटवल कालिकानगरमा बुधबार एक कार्यक्रमका विच मेटिअर बुलेट मोटरसाइकलको लन्च गरेको हो ।
युवाहरुको विशेष रोजाईमा पर्ने रोयल इन्फिल्ड बुलेटका क्लासिक, ईलेक्ट्रा, हिमालय र ईन्ट्रसेप्टर गरि चार मोडलहरु यसअघि नै बजारमा उपलब्ध रहेको थियो । बुधबार पाँचौ मोडल मेटिअर बुटवल सहित देशभर लन्च गरिएको प्रतिष्ठानका अध्यक्ष प्रेमराज गैरेले जानकारी गराउनु भयो । हाल ३५० सिसिका सुपरनोभा, स्टेलर र फायर बल गरि तीन भेरियन्टका मोटरसाइकल उपलब्ध हुने अध्यक्ष गैरेले बताउनु भयो । अध्यक्ष गैरेका अनुसार नयाँ मोडल अनुसार सुपरनोभा ६ लाख ४५ हजार, स्टेलर ६ लाख १७ हजार र फायर बल ६ लाख बजार मूल्यमा उपलब्ध छ । यो मोटरसाइकल भारतको चेन्नईमा ५ वटा फैक्ट्रिबाट उत्पादन भैरहेको छ । नयाँ मोडलका मेटियर बजारमा ७ वटा कलरहरु, डबल एबिएस ब्रेक सिस्टम, जिपिएस जडान गरिएको छ भने १५ लिटर टंकी र सुरक्षाको मापदण्ड अपनाईएको छ । बाईकको ४० किलोमिटर प्रति लिटर माईलेज दिने, स्पोर्टी लुक्स रहेको कम्पनीका म्यानेजर ध्रुव सापकोटाले बताउनुभयो ।
रोयल ईनफिल्डको नयाँ भेरियन्टको बुधबार एक समारोहका बिच बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष टंकप्रसाद गैरे, पश्चिमाञ्चल पेट्रोलियम डिलर एसोसियसनका अध्यक्ष प्रेम न्यौपाने र प्रतिष्ठानका संरक्षक बालकृष्ण गैरेले संयुक्तरुपमा विक्री शुभारम्भ गर्नुभयो । कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, वाणिजय उपाध्यक्ष नरिश्वर पौडेल, नेपाली काँग्रेस बुटवल नगर सभापति खेलराज पाण्डे, पश्चिमाञ्चल पेट्रोलियम डिलर एसोसियसनका अध्यक्ष प्रेम गैरे, पत्रकार खिमानन्द भट्टराईले दिगोपन र सुरक्षाका विषयमा विक्रेता कम्पनीले आफ्ना उपभोक्ताहरुलाई जानकारी गराउनुपर्ने भन्दै ब्यवसायिक सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।

≪ Previous Post

धादिङका कोभिड प्रभावित एवं बाढीपीडितलाई रुपन्देहीका युवाले बाँडे राहत

Next Post ≫

गुल्मीमा जिप दुर्घटना : ३ जनाको घटनास्थलमै मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क