Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ महेशपुर भन्सारमा पार्किङको समस्या, २७ करोड बढी राजश्व संकलन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

महेशपुर भन्सारमा पार्किङको समस्या, २७ करोड बढी राजश्व संकलन

संसारपोस्ट संवाददाता · ९ श्रावण २०७८ · 0
महेशपुर भन्सारमा पार्किङको समस्या, २७ करोड बढी राजश्व संकलन
90
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ
परासी, ९ साउन । पश्चिम नवलपरासी महेशपुर भन्सार कार्यालयमा पार्किङको समस्या भएको छ । पार्किङ अभावका कारण बाटोमै गाडीहरु रोक्नु पर्दा लामो ट्राफिक जाम हुने गरेको छ । महेशपुर भन्सार कार्यालय प्रमुख रामप्रसाद अर्यालले पार्किङ स्थल नहुँदा समस्या भएको बताउँदै त्यसका लागि जग्गा खोजिभईरहेको बताउनु भयो ।
त्यसैगरी ठूला ठूला मालवाहक गाडीहरुको लागि महेशपुरको बाटो साँघुरो समेत भएकोले बाटो चौडा गर्नुपर्ने र भकसीपुरको पुल बनाउन आवश्यक रहेको उहांले बताउनु भयो । महेशपुर भन्सारलाई थप व्यवस्थित गर्न सवारी साधन पार्किङ गर्ने स्थल बनाउनु पर्ने र भक्सीपुरमा पुल बनाउन अति आवश्यक रहेको उहांले बताउनु भयो ।
महेशपुर भन्सारले ठूलो भन्सारको मान्यता पाएसँगै यहाँ भारतबाट आयात गरिएका सामाग्रीहरु ठूलठूला मालवाहक गाडीहरुमा समेत आउने गरेको छ । कतिपय अवस्थामा झरहीखोलाको नयां बाटो हुँदै भन्सार छलेर समेत गईरहने र त्यस्तालाई नियन्त्रणमा लिएर जफत गर्ने गरेको समेत महेशपुर भन्सार कार्यालय प्रमुख रामप्रसाद अर्यालले जानकारी दिनुभयो ।
२७ करोड बढी राजश्व संकलन
महेशपुर भन्सार कार्यालयले पछिल्लो एक बर्षमा २७ करोड बढी राजश्व संकलन गरेको छ । महेशपुर भन्सार कार्यालय प्रमुख अर्यालका अनुसार आर्थिक बर्ष २०७७÷०७८ मा २७ करोड ३० लाख २१ हजार २ सय ५० रुपैयाँ राजश्व संकलन भएको छ ।
महेशपुर भन्सारमा पैठारी भन्सार महसुलबाट १२ करोड ५७ लाख ९२ हजार ३३ रुपैयाँ राजश्व संकलन भएको छ । जसअन्तरगत कृषि सुधार शुल्कबाट ४ करोड ८१ लाख ४८ हजार ८ सय ७ रुपैयाँ, पैठारी भन्सार सेवा दस्तुरबाट १५ लाख ४३ हजार ५ सय रुपैयाँ, अन्य प्रशासनिक सेवा शुल्कबाट ५२ हजार रुपैयाँ, बरामद सामग्रीहरु लिलाम गरेको आम्दानीबाट ४२ लाख ५९ हजार १ सय ९९ रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।
त्यसैगरी भन्सारतर्फको आम्दानीबाट १७ करोड ४५ लाख ८२ हजार ७ सय ३९ रुपैयाँ राजश्व संकलन भएको छ । जसमध्ये पैठारी अन्तशुल्क ५४ लाख ७६ हजार ९ सय ५१ रुपैयाँ, मुल्य अभिवृद्धिकर ८ करोड ७९ लाख ७७ हजार ६ सय ३० रुपैयाँ, आयकर ४९ लाख ८३ हजार ९ सय ३० रुपैयाँ रहेको कार्यालयले जनाएको छ ।

≪ Previous Post

लोकदोहोरी प्रतिष्ठानको लोक संग्राहलय भवन शिलन्यास

Next Post ≫

काउन वुटवलद्वारा मृतकका परिवारलाई राहत प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क