Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ काउन वुटवलद्वारा मृतकका परिवारलाई राहत प्रदान
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

काउन वुटवलद्वारा मृतकका परिवारलाई राहत प्रदान

संसारपोस्ट संवाददाता · १० श्रावण २०७८ · 0
काउन वुटवलद्वारा मृतकका परिवारलाई राहत प्रदान
60
SHARES
ShareTweet

बुटवल, १० साउन । निर्माण क्षेत्रमा कामगर्दै आएका असंगठित मजदुरहरुको पेशागत सुरक्षा र हक अधिकारका लागि काम गर्दै आएको नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन)ले मजदुर घाईते हुंदा औषधी उपचार र मृत्यु भएमा राहत र किरिया खर्च सहयोग गर्दै आएको छ ।
काउनले काउनमा आवद्ध भई नियमित रुपमा संस्थाको नियम अनुसार परिचय पत्र बनाई परिचय पत्र नविकरण गरेका र संस्थाले तोकेको शुल्क बुझाएका ठेकेदार तथा मजदुर कामको सिलसिलामा घाईते भएमा औषधी उपचार तथा मृत्युभएमा किरिया खर्च र राहत उपलब्ध गराउंदै आएको छ ।
काउन बुटवल नगर समितिले गएको बैशाख २८ गते मृत्यु भएका काउनका सदस्य लक्ष्मण पासी र जेठ ११ गते मृत्यु भएका ममिन्द्र थापाको स्मृतिमा आज मृतक पासीको निवास बुटवल ११, प्रगतिनगरमा संयुक्त शोक सभाको आयोजना गरी मृतकका परिवारलाई राहत र किरिया खर्च बापतको रकम प्रदान गरेको छ । कोभिडका कारण पासीको ४६ बर्ष र थापाको ४१ बर्षको उमेरमा मृत्यु भएको थियो ।
मृतक पासीका छोरा रबि पासी र श्रीमती तथा थापाकी श्रीमती शकुन्तला थापालाई काउनका राष्ट्रिय अध्यक्ष जे वी गुरुङ, काउनका बुटवल नगर अध्यक्ष सूर्यदेव दास, जिल्ला सचिव नरसिंह राव र प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थाका अध्यक्ष जितबहादुर मल्लले जनही १ लाख १७ हजारका दरले २ लाख ३४ हजारको चेक हस्तान्तरण गर्नुभयो । काउनले कामको सिलसिलामा घाईते भएकाहरुको हकमा ५ हजार देखि ५० हजार सम्म औषधी उपचारमा सहयोग गर्दै आईरहेको छ ।
सो अवसरमा बोल्दै काउनका राष्ट्रिय अध्यक्ष गुरुङले काउनका कुनै पनि सदस्यको कामको सिलसिलामा घाईते भएमा उपचार र मृत्यु भएमा उनीहरुका परिवारको राहतका लागि संस्थाले राहत कोष स्थापना गरी सोही कोष मार्फत राहत र किरिया खर्च सहयोग गर्ने गरिएको बताउनु भयो । उहांले राज्यले मजदुरहरुको हकहितका क्षेत्रमा केही काम नगरेको अवस्थामा मजदुरकै हितका लागि खोलिएको काउनले गरेको सहयोगले परिवारमा थोरै भएपनि राहत मिल्ने वताउदै अध्यक्ष गुरुङले राहत रकमलाई आगामी दिनमा बृद्धि गर्नुपर्ने आवश्यक्ता औल्याउनु भयो ।
काउनका बुटवल नगर अध्यक्ष सुर्यदेव दासले काउनमा आवद्ध सदस्यहरुले लेवी बापत बुझाएको रकमबाट मजदुरको हितका लागि सामापजक सुरक्षा कोष खडा गरी सोही कोषमा जम्मा भएको रकम बाट सबैलाई समानरुपमा राहत र किरिया खर्च उपलब्ध गराउने गरिएको बताउनु भयो ।
प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्था बुटवलका अध्यक्ष तथा नेपाली काँग्रेस रुपन्देहीका सदस्य जितबहादुर मल्लले काउनले आफ्ना सदस्यका परिवारलाई गरेको सहयोग उदाहरणीय र प्रशंसनिय कार्य भएको भन्दै यो सहयोगले पीडामा रहेको परिवारको आर्थिक ब्यवस्थापनमा ठूलो टेवा पुग्ने वताउनु भयो ।
काउनका बुटवल नगर सचिव तिलबहादुर हिस्कीको संचालनमा भएको कार्यक्रममा नगर सदस्य भिम दर्लामी र स्वर्गीय पासीका छोरा रबि पासीले मृतकको जीवनी र संस्थामा गरेको योगदानका विषयमा प्रकाश पार्नुभएको थियो ।

≪ Previous Post

महेशपुर भन्सारमा पार्किङको समस्या, २७ करोड बढी राजश्व संकलन

Next Post ≫

तिलोत्तमामा हरित पुनःउत्थान प्रवद्र्धन परियोजना शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क