Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लोकदोहोरी प्रतिष्ठानको लोक संग्राहलय भवन शिलन्यास
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लोकदोहोरी प्रतिष्ठानको लोक संग्राहलय भवन शिलन्यास

संसारपोस्ट संवाददाता · ९ श्रावण २०७८ · 0
लोकदोहोरी प्रतिष्ठानको लोक संग्राहलय भवन शिलन्यास
60
SHARES
ShareTweet

बुटवल, ९ साउन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश समिति र जिल्ला कार्य समिति रुपन्देहीले संयुक्त रुपमा लुम्बिनी लोक संग्राहलय बनाउने भएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका डिंगरनगरमा बनाउन लागिएको उक्त लोक संग्राहलय भवनको शनिबार एक कार्यक्रमकावीच शिलन्यास गरिएको छ ।
तिलोत्तमा –४, डिंगरनगरस्थित तिलोत्तमा नगरपालिकाले उपलब्ध गराएको जग्गामा शनिबार भवनको शिलन्यास गरिएको हो । प्रतिष्ठानका केन्द्रिय सचिव प्रचण्ड जि.सी, प्रदेश अध्यक्ष डिल्लिनारायण पाण्डे, रुपन्देही जिल्ला अध्यक्ष दीपक कार्की र तिलोत्तमा नगरपालिका वडा नं. ४ का अध्यक्ष दिवाकर ढकालले संयुक्त रुपमा इट्टा, र सिमेन्ट राखेर भवनको शिलन्यास गर्नुभएको हो ।
३० फिट बाई ४२ फिट क्षेत्रफलमा बन्न लागेको उक्त भवन लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश समिति र जिल्ला कार्य समिति रुपन्देहीले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् ।
शिलन्यास कार्यक्रममा बोल्दै प्रतिष्ठानका केन्द्रिय सचिव प्रचण्ड जि.सीले उक्त संंग्राहलय भवन निर्माणका लागि केन्द्रीय कार्यसमितिबाट १ लाख रुपैयाँ प्राप्त हुने जानकारी दिँदै त्यसबाहेक थप सहयोगको लागि कार्यसमितिमा पहल गर्ने आश्वासन दिनुभयो । प्रदेश अध्यक्ष डिल्लिनारायण पाण्डेले नेपाली कला संस्कृतिको जगेर्ना, संरक्षण र संवद्र्धनमा उल्लेखनीय कार्य गर्ने उदेश्यका साथ यस लोक संग्राहलय भवनको निर्माण गर्न लागिएको उल्लेख गर्नुभयो । तिलोत्तमा नगरपालिका वडा नं. ४ का अध्यक्ष दिवाकर ढकालले प्रदेशकै प्रतिनिधित्व हुनेगरी तिलोत्तमा नगरपालिकामा लोक संग्राहलय स्थापना हुन लागेकोमा खुशी व्यक्त गर्दै यो रुपन्देहीवासीका लागि गौरवको कुरा भएको बताउनुभयो । प्रतिष्ठान रुपन्देही अध्यक्ष दीपक कार्कीले नेपाली कला संस्कृतिको संरक्षणको लागि लोक संग्राहलयको आवश्यकता खट्किरहेको अवस्थामा अव भने छिट्टै नै त्यो आवश्यकता पुरा हुने बताउनुभयो । कार्यक्रममा लोक दोहोरी प्रतिष्ठानका केन्द्रिय सल्लाहाकार खिम बहादुर हमाल, केन्द्रिय सदस्य दिपक गरौज मगर, पुर्व केन्द्रिय सदस्य नारायण लेकाली, स्थानीय समाजसेवी मित्र न्यौपाने, वेद प्रसाद गुरुङ, वडा सदस्य हरिमाया नेपाली र मानकाजी गुरुङ, टोल विकास समितिका अध्यक्ष होमप्रसाद खनाल लगायतले आआफ्ना धारणा राख्नुभएको थियो ।

≪ Previous Post

दीपमा गुरुपूर्णिमाको अवसरमा अभिभावक कविता वाचन प्रतियोगिता

Next Post ≫

महेशपुर भन्सारमा पार्किङको समस्या, २७ करोड बढी राजश्व संकलन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क