रामकुमार श्रेष्ठ
कावासोती, ९ साउन । पूर्वी नवलपरासीको कावासोतीमा बेवारिसे बम फेला परेको छ । कावासोती १४ कोल्टाँडी क्षेत्रको जंगलमा बम भेटिएको हो । विहान कुलाको बाँध हाल्न जाने किसानहरुले स्याउला काट्ने क्रममा बम देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शनिबार फेला परेको बमलाई नेपाली सेनाको कालीध्वज गणका बम डिस्पोजल टोलीले दिउँसो डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताउनु भयो । बम जनयुद्धताका माओवादीले छाडेको हुन सक्ने आशंका गरिएको छ । उक्त वम हेण्ड ग्रिनेट प्लाष्टिक बम हो ।
