Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ उत्कृष्ट कार्य गर्ने तीजना प्रहरी कर्मचारी सम्मानित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

उत्कृष्ट कार्य गर्ने तीजना प्रहरी कर्मचारी सम्मानित

संसारपोस्ट संवाददाता · ९ श्रावण २०७८ · 0
उत्कृष्ट कार्य गर्ने तीजना प्रहरी कर्मचारी सम्मानित
70
SHARES
ShareTweet

भैरहवा, ९ साउन । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले मातहतका प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरु मध्ये उत्कृष्ट कार्य गर्ने ३ जना प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार सहित सम्मान गरेको छ । जिल्ला प्रहरी कार्यालयको उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप निरन्तर पुरस्कृत र सम्मान गर्ने कार्ययोजना बमोजिम असार महिनामा प्रहरी कर्मचारीले गरेको समग्र कार्य प्रगतिको मुल्यांकनका आधारमा उनीहरुको कामको उच्च मुल्यांकन गरी सम्मन सहित अभिलेखमा जनिने गरि नगद पुरस्कार समेत प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
यसरी नगद पुरस्कार सहित सम्मानित हुने प्रहरी कर्मचारीहरुमा ईलाका प्रहरी कार्यालय मझगावामा कार्यरत प्रहरी निरीक्षक सुरज खत्री, प्रहरी चौकी चनौलिबगाहमा कार्यरत प्रहरी सहायक निरीक्षक पवन जि.सी. र प्रहरी चौकी सुक्रौलिमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलिप आले रहेका छन् । उनीहरुले आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रशंसनीय ढङ्गबाट सम्पादन गर्दै यस कार्यालयबाट संचालन गरिएको फरार अपराधी पक्राउ, अवैध सामान बरामद, लागु औषध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण तथा आफ्नो मातहत प्रहरी कर्मचारीहरुलाई समेत गैह्र ब्यवसायिक गतिबिधिहरु नियन्त्रण गर्दै उच्च नैतिक आचरणमा रही जिल्ला प्रहरी कार्यालय रुपन्देहीको लक्ष्य प्राप्तिमा महत्वपूर्ण योगदान गरेकाले नगद पुरस्कार सहित सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार केसीले बताउनु भयो । उहांका अनुसार यस कार्यलाई निरन्तरताका साथै अन्य प्रहरी कर्मचारीहरुलाई समेत प्रोत्साहित गर्न सम्मान तथा अभिलेखमा जनिने गरि नगद पुरस्कार प्रदान गरिएको हो ।

≪ Previous Post

गृहमन्त्री खाँणद्वारा रुपन्देहीको अमुवा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

Next Post ≫

कावासोतीमा माओवादी केन्द्रको जिल्ला कार्यालय उद्घाटन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क