काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउनुभएको छ । आज बेलुकी प्रतिनिधिसभामा भएको मतदानमा प्रधानमन्त्री देउवाको पक्षमा १६५ मत परेको छ । मतदानमा २४९ जना सांसद सहभागी भएकामा विपक्षमा ८३ मत खसेको छ । सर्वोच्च अदालतले गएको असार २८ गते नेपाली काँग्रेसका सभापति देउबालाई संबिधानको धारा ७६(५) बमोेजिम प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार प्रधानमन्त्री देउबाले आज प्रतिनिधि सभाको पहिलो बैठकमै विश्वासको मत लिनु भएको हो ।
प्रधानमन्त्री देउबालाई आफ्नै पार्टी नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेका २२ जना सांसद र राष्ट्रिय जनमोर्चाका सांसदले मत दिएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका एकएक सांसदले मतदान गरेन् ।
