Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ पिस्तोल र भरुवा बन्दुक सहित ५ जना पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पिस्तोल र भरुवा बन्दुक सहित ५ जना पक्राउ

संसारपोस्ट संवाददाता · ३ श्रावण २०७८ · 0
पिस्तोल र भरुवा बन्दुक सहित ५ जना पक्राउ
80
SHARES
ShareTweet

कपिलवस्तु, ३ साउन । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले एक थान पिस्तोल र चार थान भरुवा बन्दुक सहित ५ जनालाई पक्राउ गरेको छ । यही साउन १ गते साँझ जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं ११ जहदी चोक स्थित तौलिहवा जितपुर सडक खण्डमा चेकजाँच गर्ने क्रममा पुर्वबाट पश्चिम तर्फ सवार युपी ५५ डब्लु ८३२४ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाईकलमा सवार ब्यक्तिलाई पिस्तोल सहित पक्राउ गरिएको कपिलवस्तु प्रहरीले जनाएको छ । मोटरसाईकललाई रोकी चेकजाँच तथा खानतलासी गर्दा मोटरसाईकल चालक कपिलवस्तु नगरपालिका वडा नं ११ जहदी बस्ने बर्ष ३६ को मन्नु भन्ने मातेश्वर प्रसाद यादवले लगाएको जिन्स पाईन्टको कम्मरपेटिमा बाँधिराखेको पिस्तोल बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका यादवलाई थप अनुसन्धान कार्य भई रहेको । प्रहरीले यादवको साथ बाट मेडइन युएसए ७.६५ लेखिएको पिस्तोल थान १, पिस्तोलमा लोड गरिएको नं ७११ लेखिएको म्यग्जीन थान १, ७.६५ लेखिएको गोली राउण्ड ४, र युपी ५५ डब्लु ८३२४ नम्बरको भारतीय नम्बर प्लेट २२० सिसिको रातो कालो रङको बजाज मोटरसाईकल बरामद गरेको छ । यादव यस अघि २०७७ फागु ११ गते चोरी र हातहतियार खरखजना मुद्धामा फक्राउ परि धरौटीमा छुटेको र मुद्धाको फैसला हुन बांकी रहेको प्रहरीले जनाएको छ ।
यस्तै कपिलवस्तु प्रहरीले यही साउन १ गते जिल्ला कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं.८ मुर्मी स्थित गोपाल थापा मगरको घरकोठा खानतलासी गर्दा कोठाभित्र खटिया कोल्टो पारी लुकाई छिपाई राखेको अवस्थामा काठ र फलामबाट बनेको १ नाले भरुवा बन्दुक– थान १ सहित निज थापालाई पक्राउ गरेको छ । यस्तै सोही ठाउंका टिका बहादुर थापाको घर कोठामा राखेको भरुवा बन्दुक थान–२, २ बट्टा बारुद, ६० गोटा छर्रा र फलामले बनेको डोरी जडित जंगली जनावर मार्न प्रयोग हुने पासो सहित थापालाई पक्राउ गरेको छ । यसैगरी प्रहरीले सोही ठाउंका गुन बहादुर राना र मिन बहादुर सेनलाई पनि काठ र फलामले बनेको १ नाले भरुवा बन्दुक र वारुद राखिएको २ वटा प्लाष्टिकको बट्टा सहित पक्राउ गरेको छ ।

≪ Previous Post

साल र साजको काठ सहित ५ जना पक्राउ

Next Post ≫

प्रधानमन्त्री देउवालाई विश्वासको मत, पक्षमा १६५ र विपक्षमा ८३

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क