बुटवल, ४ साउन । जनताको भावना बिपरित काम नगर्न स्वतन्त्र नागरिक समूह नेपालले सरकारलाई आग्रह गरेको छ । नेपाली जनताको भावना बिपरित भित्रिएको एमसीसी खारेज गर्न पनि स्वतन्त्र नागरिक समूहले माग गरेको छ ।
समूहका अध्यक्ष विश्वराज गैह्रेले सोमबार विज्ञप्ती जारी गरी सरकार पविरर्तन र व्यवस्थासंग केही सम्बन्ध नरहेको एम.सी.सी नेपालको हितमा नभएकाले खारेज गर्नुपर्ने उल्लेख गर्नुभएको छ । जारी विज्ञप्तीमा देशघाती, जनबिरोधी, नेपालको प्रकृति र संस्कृति सिध्याउने एमसीसी खारेजी हुनुपर्ने उल्लेख गरिएको छ । एमसीसी भित्राउन, पास गर्न सम्झौता गर्नका लागि सहयोग गर्नेहरु अपराधी भएको स्वतन्त्र नागरिक समूह नेपालले ठहर गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । सम्बन्धित क्षेत्रका सम्पूर्ण ब्यक्तिहरुलाई एमसीसी.को प्रकृया नै बन्द गर्न आह्वान गर्दै वर्तमान सरकार, प्रधानमन्त्री र सांसद सबैलाई विज्ञप्ती मार्फत आग्रह गरिएको छ । स्वतन्त्र नागरिक समूह नेपालले एमसीसी खारेजीको माग गर्दै रुपन्देही प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई सो विज्ञप्ती पठाएको छ ।