Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ ५ थान ल्यापटप र चोरीको मोटरसाईकल सहित ३ जना पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

५ थान ल्यापटप र चोरीको मोटरसाईकल सहित ३ जना पक्राउ

संसारपोस्ट संवाददाता · ३ श्रावण २०७८ · 0
५ थान ल्यापटप र चोरीको मोटरसाईकल सहित ३ जना पक्राउ
100
SHARES
ShareTweet

कपिलवस्तु, ३ साउन । कपिलवस्तु प्रहरीले अबैधरुपमा भारतबाट नेपाल ल्याउंदै गरेको अवस्थामा ५ थान ल्यापटप र चार्जर सहित दुई जनालाई पक्राउ गरेको छ । यही साउन १ गते जिल्ला कपिलवस्तु मायादेवी गाउँपालिका वडा नं. ८ हरिवंशापुर स्थित नेपाल भारत सिमा नजिकै भारतबाट नेपालतर्फ अवैध रुपमा ल्यापटप ल्याउदै गरेको अवस्थामा जिल्ला काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा नं.९ थानकोट वस्ने बर्ष २२ को कृष्ण शाही र जिल्ला सप्तरी महादेव गाउँपालिका वडा नं .५ भगवानपुर वस्ने बर्ष २० को नवनारायण मण्डललाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट लेनेभो आर १५ मोडलका ५ थान ल्यापटप र सोमा लाग्ने चार्जर बरामद गरी थप कारवाहीको लागि आज भन्सार कार्यालय सुठौली पठाईएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताउनु भयो ।
यस्तै प्रहरीले चोरीको मोटरसाइकल सहित १ जनालाई पक्राउ गरेको छ । साउन १ गते जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं.१ गौढीचोक स्थित सडकमा प्रहरीले मोटरसाईकलहरु चेकजाँच गर्ने क्रममा कपिलवस्तु यशोधरा गाउँपालिका वडा नं.५ लोहरौली बस्ने वर्ष २१ को तौफिक पठानलाई चोरीको मोटरसाईकल सहित पक्राउ गरेको हो । निज पठानले चलाएको मोटरसाईकल चेकजाँच गर्दा कागजपत्र नभएपछि प्रहरीले पठान लाई मोटरसाईकल सहित पक्राउ गरेको हो । उक्त मोटरसाईकल कपिलवस्तु नगरपालिका वडा नं. १ नयांटोल बस्ने मोहम्मद वाजिह अरसदको बा ७२ प ६३११ नं. को १५० सिसि बजाज पल्सर मोटरसाईकल संग मिलेको हुंदा पठानलाई नियन्त्रणमा लिई चोरी मुद्धामा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । अरसदले गत जेठ २४ गते आफ्नो मोटरसाईकल हराएको भन्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा निवेदन दिएका थिए ।

≪ Previous Post

मोटरसाईकल चोरी गर्ने ३ जना पक्राउ, ४ वटा मोटरसाइकल बरामद

Next Post ≫

साल र साजको काठ सहित ५ जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क