Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ विपक्षी दलहरुद्वारा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको राजीनामा माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

विपक्षी दलहरुद्वारा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको राजीनामा माग

संसारपोस्ट संवाददाता · १ श्रावण २०७८ · 0
विपक्षी दलहरुद्वारा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको राजीनामा माग
70
SHARES
ShareTweet

बुटवल, १ साउन । विपक्षी दलहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा मागेका छन् । विपक्षी गठबन्धनले संसद अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउने कार्य असंबैधानिक, अलोकतान्त्रिक, र स्वेच्छाचारी कदम भन्दै मुख्यमन्त्रीको राजिनामा माग गरेका हुन् ।
‘सभामुखले कार्यसूची अनुसार बजेट निर्णयार्थ प्रस्तुत गर्दा गर्दै विहीबार प्रदेश सरकार र सत्तापक्ष चलिरहेको प्रदेशसभाको बैठक बहिष्कार गरी हतास मानसिकताबाट ग्रसित भई अधिबेशन अन्त्य गरी सोझै अध्यादेशबाट बजेट ल्याउने परिघटनाले माननिय शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार असंबैधानिक र अल्पमतको सरकार हो भन्ने प्रमाणित गर्दछ ।’ विपक्षी गठबन्धनले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विपक्षी गठबन्धनमा रहेका नेपाली काँग्रेसका बीरेन्द्र कानोडिया, नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसी, जनता समाजवादी पार्टीका सहसराम यादव र राष्ट्रिय जनमोर्चाका तारा जिसीले जारी गरेको विज्ञप्तिमा अध्यादेशबाट बजेट ल्याई बलजफ्ती निरंकुश र स्वेच्छाचारी ढंगले सरकार संचालन गर्नुको सट्टा मुख्यमन्त्रीले तत्काल राजिनामा दिई संसदिय परम्परा अनुसार बजेट अधिबेशनबाट पारित गर्न माग गरिएको छ ।
बजेट पास गर्न नसक्ने अवस्था आएपछि बिहीबार प्रदेशसभा बैठक छाडेर हिंडेका मुख्यमन्त्री पोखरेलले मध्यराती १२ बजे प्रदेशसभा अधिवेशन अन्त्य गर्दै आज अध्यादेशमार्फत बजेट ल्याउनु भएको थियो ।

≪ Previous Post

कोरोना समयमा पढाई सञ्चालन गर्न रामग्राम नगरपालिकाले दियो विद्यालयलाई ३८ लाख

Next Post ≫

पहिरोमा पुरिएर पाल्पाको डुम्रेमा एक जनाको ज्यान गयो, एक घाईते

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क