Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कोरोना समयमा पढाई सञ्चालन गर्न रामग्राम नगरपालिकाले दियो विद्यालयलाई ३८ लाख
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोरोना समयमा पढाई सञ्चालन गर्न रामग्राम नगरपालिकाले दियो विद्यालयलाई ३८ लाख

संसारपोस्ट संवाददाता · १ श्रावण २०७८ · 0
कोरोना समयमा पढाई सञ्चालन गर्न रामग्राम नगरपालिकाले दियो विद्यालयलाई ३८ लाख
110
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ
परासी, १ साउन । कोरोना समयमा पढाई सञ्चालन गर्न रामग्राम नगरपालिकाले नगर क्षेत्रका सामुदायिक विद्यालयहरुलाई ३८ लाख रुपैयाँ उपलब्ध गराएको छ । उपलब्ध गराएको रकममा १९ लाख वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्न र १९ लाख रुपैयाँ स्वास्थ्य सामाग्री खरिदका लागि उपलब्ध गराएको हो ।
कोरोना संक्रमणका कारण विद्यालय सञ्चालन हुन नसकेपछि अनलाईन मार्फत कक्षा सञ्चालन गर्न आवश्यक पर्ने १९ लाख ६ हजार रुपैयाँ उपलब्ध गराइएको नगर शिक्षा शाखाका अधिकारी रुद्र प्रसाद रेग्मीले बताउनु भयो ।
उपलब्ध गराइएको रकमबाट शिक्षकहरुले मोबाइलमा प्रत्येक महिना रिचार्ज गर्ने छन् । उक्त रकम ३ महिनाका लागि हो । नगर क्षेत्रमा रहेका ३२ सामुदायिक विद्यालयमा ९ हजार ४ सय ६८ विद्यार्थीहरु अध्ययनरत छन् । रिचार्ज गर्न प्रत्येक महिना एक विद्यार्थीका लागि १ सय २९ रुपैयाँ खर्च हुनेछ । नगरपालिकाले १ सय २५ रुपैयाँका दरले रकम दिएको हो । बाँकी ४ रुपैयाँ अभिभावकले व्यहोर्नु पर्ने छ ।
शिक्षकहरुलाई सिम कार्ड निःशुल्क उपलब्ध हुने छ । त्यसैगरी विद्यार्थी र शिक्षकहरुलाई स्वास्थ्य सामाग्री खरिद गर्न १८ लाख ९३ हजार छुट्टाइएको छ । कोरोना संक्रमणका कारण अझै पनि विद्यालयहरु खुल्न नसक्ने अवस्थामा रहेकाले उपलब्ध गराइएको रकमले अनलाईन कक्षा प्रभावकारि रुपमा सञ्चालन गर्न सहयोग मिल्ने नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले बताउनु भयो । अनलाईनबाहेक अन्य वैकल्पिक तरिकाले पढाई सञ्चालन गर्न सहजिकरण पुस्तिका समेत विद्यार्थीहरुलाई उपलब्ध गराएर पढाईलाई निरन्तरता दिने प्रयास गरिएको नगर प्रमुख गुप्ताले बताउनु भयो ।
यसैबीच नगरपालिकाले स्थापना गरेको ‘मेयर छात्रवृत्ति’ कार्यक्रम मार्फत नगर क्षेत्रका ४२ जना गरिब, जेहन्दार तथा उत्कृष्ट विद्यार्थीहरुलाई रकम प्रदान गरिएको छ । सामुदायिक विद्यालयका कक्षा १ देखि ८ सम्मका ३२ जना विद्यार्थीहरुलाई जनही ३ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको हो ।
त्यसैगरी कक्षा ९ देखि १२ सम्मका १० जना विद्यार्थीहरुलाई जनही ५ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको नगरपालिकाले जनाएको छ । कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुका लागि २८ हजार प्याकेट सेनेटरी प्याड समेत नगरपालिकाले उपलब्ध गराएको छ ।
नगर प्रमुख नगरेन्द्र कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न छात्रवृत्ति बितरण कार्यक्रममा उपप्रमुख रम्भा कुँवर, नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्मा, नगर शिक्षा समितिका सदस्य अरविन्द कुमार पाठक, करमैनी माविका प्रधानाध्यापक यार मोहम्मद खाँनले नगर क्षेत्रको शैक्षिक विकासका बारेमा प्रकाश पार्नुभएको थियो ।

≪ Previous Post

कपिलवस्तुमा ब्राउन सुगर सहित ३ जना पक्राउ

Next Post ≫

विपक्षी दलहरुद्वारा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको राजीनामा माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क