Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ धरौटी नबुझाएपछि नेकपाका केन्द्रीय सदस्य श्रेष्ठ जेल चलान
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

धरौटी नबुझाएपछि नेकपाका केन्द्रीय सदस्य श्रेष्ठ जेल चलान

संसारपोस्ट संवाददाता · ९ श्रावण २०७६ · 0
धरौटी नबुझाएपछि नेकपाका केन्द्रीय सदस्य श्रेष्ठ जेल चलान
80
SHARES
ShareTweet

संसार पोष्ट
बुटवल, ९ साउन । धरौटी रकम नबुझाएका कारण विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य वसन्त श्रेष्ठलाई जेल चलान गरिएको छ ।
अदालतले धरौटीमा छाड्ने आदेश दिएपनि प्रहरीले पक्राउ गर्ने क्रम बढ्दै गएपछि बुधबार अदालतले माग गरेको ४ हजार धरौटी रकम नबुझाए पछि श्रेष्ठलाई जेल चलान गरिएको हो । पूर्वी ताम्सालिङ् इन्चार्ज रहेका श्रेष्ठलाई रुपन्देही जिल्ला अदालतले बुधबार चार हजार धरौटीमा छाड्ने आदेश दिएको थियो ।
सोमबार काभ्रे जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिएका नेता श्रेष्ठलाई प्रहरीले सोहि दिन पुनः गिरफ्तार गरेको थियो । काभ्रेमा गिरफ्तार भएका श्रेष्ठलाई मंगलबार रुपन्देही ल्याएर ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएको थियो । विस्फोटक पदार्थ मुद्धामा बुधबार जिल्ला अदालत रुपन्देहीमा भएको थुनछेक बहसपछि न्यायाधीश भिमलाल बेल्वासेको इजलासले श्रेष्ठलाई ४ हजार धरौटीमा छाड्ने आदेश दिएको थियो । तर श्रेष्ठले धरौटी रकम नबुझाएपछि जेल चलान गरिएको थियो ।
श्रेष्ठलाई गत बर्ष बुटवल फुलबारीस्थित भारतीय भूतपूर्व सैनिकको पेन्सन क्याम्प लगायतका क्षेत्रमा भएका विस्फोटका घटनामा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिनुभयो ।
गत जेठ १० गते ललितपुर जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिएपनि प्रहरीले अदालत परिसरबाटै नेता श्रेष्ठलाई पुनः गिरफ्तार गरि काभ्रे पु¥याएको थियो । श्रेष्ठमाथि संगठित अपराध ९आगो लगाएको० सम्बन्धि अभियोग लगाइएको र सोही मुद्धामा अदालतले २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर धरौटी बुझाई रिहा भए लगत्तै प्रहरीले पक्राउ गरेको थियो ।
नेता श्रेष्ठ गत चैत्र ८ गते काभ्रेपलाञ्चोक जिल्लाको खानीखोलाबाट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ९सुदर्शन० सँगै पक्राउ पर्नुभएको थियो ।
उनीहरुलाई हातहतियार तथा खरखजना, राजद्रोह, संगठित अपराध र विस्फोटक पदार्थ सम्बन्धी अभियोग लगाईएकोमा ललितपुर जिल्ला अदालतले गएको जेठ १० गते केन्द्रीय सदस्य श्रेष्ठसहित चार जनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । रिहा भएकामध्ये नेता श्रेष्ठलाई अदालत परिसरबाटै पुनः गिरफ्तार गरिएको थियो भने नेता सुदर्शनलाई नख्खु कारागारमा पूर्पक्षका लागि थुनामा राखिएको छ ।

≪ Previous Post

राष्ट्र बैंकद्वार मौद्रिक नीति सार्वजनिक

Next Post ≫

आजको राशिफल (२०७६ साउन ९ गते बिहिवार)

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क