Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सत्तापक्षले बैठक बहिस्कार गरेपछि लुम्बिनी प्रदेशको बजेट अलपत्र, बैठक शुक्रबार १ वजेसम्मका लागि स्थगित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सत्तापक्षले बैठक बहिस्कार गरेपछि लुम्बिनी प्रदेशको बजेट अलपत्र, बैठक शुक्रबार १ वजेसम्मका लागि स्थगित

संसारपोस्ट संवाददाता · ३१ असार २०७८ · 0
सत्तापक्षले बैठक बहिस्कार गरेपछि लुम्बिनी प्रदेशको बजेट अलपत्र,  बैठक शुक्रबार १ वजेसम्मका लागि स्थगित
150
SHARES
ShareTweet

बुटवल, ३१ असार । लुम्बिनी प्रदेश सरकार असार मसान्तभित्र प्रदेशसभाबाट बजेट पास गर्न असफल भएको छ । असार मसान्त भित्र बजेट प्रदेशसभाबाट पास गराएर साउन १ गतेबाट कार्यान्वयनमा जानुपर्नेमा आजको बैठकबाट बजेट पास हुन नसकेपछि लुम्बिनी प्रदेशको बजेट नै अलपत्र परेको छ भने सरकार बजेट पास गराउन असफल भएको छ । सत्तापक्षले नै बैठक बहिस्कार गरेपछि सदन समेत रोकिएको छ ।
लुम्बिनी प्रदेशसभामा सत्तापक्ष एमालेले बैठक बहिस्कार गरेपछि बजेट अलपत्र परेको हो । प्रदेशसभामा सरकारबाट प्रस्तुत बजेटका सम्बन्धमा छलफल सकिएर मन्त्री र मुख्यमन्त्रीबाट जवाफ समेत दिईसकेपछि मतदान प्रक्रिया शुरु हुनै लागेका बेला सत्तापक्ष एमालेले बैठक बहिस्कार गरेर बाहिरिएको थियो । आजको कार्यसूचि अनुसार प्रदेश सभामा बजेट निर्णयार्थ पेस हुनुअगावै मुख्यमन्त्री शँकर पोखरेलसहित सत्ता पक्षका सांसदले संसद बहिस्कार गरेपछि सदन रोकिएको हो ।
बजेट पारित गर्न सरकारलाई मत नपुग्ने देखिएपछि सत्तापक्ष एमालेका सांसदहरु बैठकबाट बाहिरिएका हुन् । मुख्यमन्त्री पोखरेलको जवाफी सम्बोधनपछि सत्तापक्षका सांसद योजनाबद्ध रूपमा बैठक छाडेर बाहिरिएका हुन् ।
सत्तापक्ष सदनबाट बाहिरिइ पछि सभामुख पूर्णबहादुर घर्तीले साढे ५ बजेसम्मका लागि सदन स्थगित गर्नुभएको थियो । तर त्यो बैठक बसेन र सूचना टाँसेर शुक्रबार १ बजेसम्मका लागि स्थगित भएको छ । त्यसअघि बजेटबारे सहमतिका लागि सभामुख घर्तीलले भोलि ११ बजे प्रदेशसभामा भएका सबै राजनीतिक दलको बैठक बोलाउनु भएको छ । तर सहमतिको सम्भावना भने कम छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शँकर पोखरेल अल्पमतमा रहेको दाबी गर्दै विपक्षी गठबन्धन नेपाली काँग्रेस। नेकपा (माओवादी केन्द्र), जनता समाजवादीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले बजेटको विपक्षमा मतदान गर्ने निर्णय गरेका थिए ।
८३ सदस्यीय प्रदेश सभामा एमालेका ३८ र जसपाका तीन जना गरी सत्तापक्षमा ४१ जना सांसद छन् भने विपक्षमा कांग्रेसका १९, माओवादी केन्द्रका १८ (सभामुख बाहेक), जसपाका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४१ जना नै छन् ।

≪ Previous Post

तिलोत्तमामा साउन ४ गतेसम्म राजस्व सम्बन्धि कारोबार बन्द

Next Post ≫

लुम्बिनी प्रदेश सरकारको बजेट अस्वीकृत भयो : विपक्षी गठबन्धन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क