बुटवल, २९ असार । नेपाली काँग्रेसका सभापति सभापति शेरबहादुर देउवा आज पाँचौ पटक प्रधानमन्त्री बन्दै हुनुहुन्छ । देउवा यसअघि चार पटकसम्म प्रधानमन्त्री बनिसक्नु भएको छ । राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथ ग्रहणको तयारी गरेको छ । राष्ट्रपति कार्यालयका एक अधिकारीका अनुसार शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तोकिएकोे छ ।
२७५ सदस्यीय प्रतिनिधीसभामा ६३ सिट मात्र भए पनि सर्वोच्चको फैसला पछि देउवाले प्रधानमन्त्रीमा सफत लिन लाग्नु भएको हो । सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सर्वोच्चले मंगलबार पाँच बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनेको थियो ।
देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको परमादेशको माग गर्दै सत्तारुढ एमाले सहितका बहुमत सांसद सर्वोच्चमा उपस्थित भएर रिट दायर गरेका थिए ।
देउवाले आजै विपक्षी गठबन्धनमा रहेका पाँच दल मध्ये पार्टी एकतामा लागेका माधव नेपाल पक्ष बाहेकका काँग्रेस, माओबादी केन्द्र, जनता समाज वादी र राष्ट्रिय जनमोर्चाबाट सात सदस्यीय मन्त्री परिषद वनाउन प्रस्ताव गर्नु भएको छ । जस अनुसार काँग्रेसका दुई, माओवादी केन्द्रका दुई, जसपा र राजमोका एक एक जनालाई मन्त्री बनाउने तयारी भएको छ ।
