Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ सर्वोच्चको फैसलाको स्वागतमा रुपन्देहीमा दीप प्रज्वलन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सर्वोच्चको फैसलाको स्वागतमा रुपन्देहीमा दीप प्रज्वलन

संसारपोस्ट संवाददाता · २९ असार २०७८ · 0
सर्वोच्चको फैसलाको स्वागतमा रुपन्देहीमा दीप प्रज्वलन
60
SHARES
ShareTweet

बुटवल । सर्वोच्च अदालतले गरेको प्रतिनिधि सभा पुनःस्थापनाको स्वागत गर्दै रुपन्देहीका विभिन्न ठाउंमा दीप प्रज्वलन गरीएको छ । सोमबार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले विघटन गर्नुभएको प्रतिनिधि सभाको पुनस्र्थापना गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाइ नियुक्त गर्न राष्ट्रपति कार्यालयलाइ परमादेश जारी गरेको थियो । सर्वोच्चको सोही निर्णयको स्वागत गर्दै विपक्षी गठबन्धनमा रहेका दलहरुले रुपन्देहीको बुटवल ट्राफिक चोक र तिलोत्तमाको शँकरनगर चोकमा दीप प्रज्वलन गरेका हुन । बुटवलमा नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजबादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेता कार्यकर्ताहरुले सर्बोच्चको फैसलाको स्वागत गर्दै दीप प्रज्वलन गरेका हुन् ।
दिप प्रज्वलन कार्यक्रममा बोल्दै माओवादी केन्द्रका लुम्बिनी प्रदेशसभा संसदिय दलका नेता कुलप्रसाद केसीले सर्वोच्च अदालतको निर्णयले प्रतिगमन परास्त भएको बताउनु भयो । उहांले केपी ओलीको अहंकार र सर्बसत्ताबादी चरित्रकै कारण मुलुक अस्थिरता तर्फ धकेलिन खोजेको बताउनु भयो । नेता केसीले ओली प्रबृत्ति देश र जनताकालागि कति घातक रहेछ भन्ने पुष्टि भइसकेकाले अव ओली बढारिने दावी गर्नुभयो ।
नेपाली काँग्रेसका प्रदेश सांसद तथा लुम्बिनी प्रदेशसभाको सार्बजनिक लेखा समिति सभापति डिल्ली चौधरीले सर्वोच्च अदालतले संविधान, संसद र लोकतान्त्रिक प्रजातन्त्रको रक्षा गरेको बताउनु भयो । ओलीको प्रतिगमन, निरकुंशता र सर्बसत्ताबादलाई सर्वोच्चको ऐतिहासिक फैसलाले परास्त गरिदिएको भन्दै सांसद चौधरीले न्यायप्रतिको जनताको विश्वासलाई समेत सार्वोच्च अदालतले कायम राखेको उल्लेख गर्नुभयो ।
जनता सामाजवादी पार्टी लुम्बिनीका सचिव यज्ञ पोखरेलले संविधानको रक्षा गर्दै केपी ओलीको प्रतिगमनलाइ सर्वोच्चले परास्त गरिदिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मात्रै नभई राष्ट्रपति बिद्यादेवि भण्डारीले पनि तत्काल नैतिकताको आधारमा राजीनामा दिनु पर्ने बताउनु भयो । राप्रपा रुपन्देहीका जिल्ला सचिव तानबहादुर जिसीले पनि ओलीको प्रीतगमन केही सच्चिएपनि चुनौतीहरु अझै बाँकी रहेको भन्दै सबै दलहरु एक ठाँउमा उभिनु पर्नेमा जोड दिनुभयो ।
प्रतिनिधि सभा पुनःस्थापना गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाइ प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयलाइ सर्वोच्चले जारी गरेको परमादेशको स्वागत गर्दै नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले रुपन्देहीकै तिलोत्तमा नगरपालिकाको शँकरनगर चोकमा दीप प्रज्वलन गरे ।

≪ Previous Post

सर्वोच्चको फैसलालाई जित र हारका रूपमा नलिन काँग्रेस सभापति देउवाको आग्रह

Next Post ≫

काँग्रेस सभापति देउवा पाँचौ पटक प्रधानमन्त्री बन्दै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क