Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ भैरहवाको प्लाइउड गोदाममा भएको आगलागी आठ घण्टापछि नियन्त्रणमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भैरहवाको प्लाइउड गोदाममा भएको आगलागी आठ घण्टापछि नियन्त्रणमा

संसारपोस्ट संवाददाता · २७ असार २०७८ · 0
भैरहवाको प्लाइउड गोदाममा भएको आगलागी आठ घण्टापछि नियन्त्रणमा
80
SHARES
ShareTweet

आगो निभाउन १५ वटा दमकलको प्रयोग, प्लाइउड र फाइबर सहित दुई तल्ले घर ध्वस्त
भैरहवा, २७ असार । रुपन्देहीको भैरहवास्थित नारायणपथको एक प्लाइउड र फाइबर गोदाममा भएको आगलागी आगलागी आठ घण्टा पछि नियन्त्रणमा आएको छ । सिद्धार्थनगर नगरपालिका–८ नारायणपथमा रहेको सुन्दर ग्लास हाउसमा शनिबारराति करिव ९ बजेदेखि लागेको आगो आज (आईतबार) बिहान ५ बजे मात्रै नियन्त्रणमा आएको रुपन्देही प्रहरीले जनाएको छ ।
रुपन्देहीका विभिन्न स्थानीय तहका सहित नेपाल आयल निगम, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र छिमेकी जिल्ला नवलपरासीको बर्दघाट नगरपालिका र कपिलवस्तुका १५ वटा दमकल तथा प्रहरी, सशस्त्र प्रहरी, सेना र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डीएसपी) सत्यनारायण थापाले जानकारी दिनुभयो ।
डीएसपी थापाका अनुसार आगलागीबाट गोदाममा रहेका प्लाइउड बोर्ड र फाइबर सहित दुई तल्ले घर ध्वस्त भएको छ । सोही घरमा बस्दै आएका पसल धनी सुन्दर अग्रहरीको परिवारलाई सकुशल उद्धार गरिएको थियो । विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता थापाका अनुसार आगलागीबाट २ करोड बढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । तर जलेका सामान पन्छाउने काम जारी रहेको र क्षतिको पूर्णविवरण संकलन गर्न बाँकी रहेको पनि थापाले बताउनु भयो ।

≪ Previous Post

लुम्बिनी वाणिज्य क्याम्पसमा सर्वसम्मत नयां संचालक समिति चयन

Next Post ≫

कोपा अमेरिका २०२१ को उपाधि अर्जेन्टिना लाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क