Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी वाणिज्य क्याम्पसमा सर्वसम्मत नयां संचालक समिति चयन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी वाणिज्य क्याम्पसमा सर्वसम्मत नयां संचालक समिति चयन

संसारपोस्ट संवाददाता · २६ असार २०७८ · 0
लुम्बिनी वाणिज्य क्याम्पसमा सर्वसम्मत नयां संचालक समिति चयन
80
SHARES
ShareTweet

संचालक समिति अध्यक्षमा पुनः पाण्डे
बुटवल, २६ असार । लुम्बिनी वाणिज्य क्याम्पस बुटवलको संचालक समिति सर्वसम्मत् चयन भएको छ । शनिवार सम्पन्न क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को एघारौं क्याम्पस सभाले आगामी तिनवर्षको लागि ५ सदस्यीय नयाँ संचालक समिति चयन गरेको हो । सभाले संचालक समितिको अध्यक्षमा पुनः मोतिलाल पाण्डेलाई सर्वसम्मत् चयन गरेको छ । संचालक समिति सदस्यहरुमा पुर्व क्याम्पस प्रमुख डा. ईश्वर गौतम, कृष्ण प्रसाद गौतम, बुटवल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सुरेन्द्र श्रेष्ठ तथा अभिभावक संघका उपाध्यक्ष भगवती पाण्डे चयन हुनुभएको छ ।
क्याम्पस संचालक समिति १३ सदस्यीय रहने प्रावधान अनुरुप क्याम्पस प्रमुख डा. ताराप्रसाद उपाध्याय सदस्य सचिव, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, वडा नं. ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, त्रिभुवन विश्वविद्यालयका प्रतिनिधिबाट बुटवल बहुमुखी क्याम्पसका प्रमुख डा. खिमानन्द न्यौपाने, संस्थापक क्याम्पस प्रमुख महेश्वर प्रसाद श्रेष्ठ, प्राध्यापक संघका अध्यक्ष द्धारिका गौतम, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजु, क्याम्पसका निवर्तमान अध्यक्ष राजेन्द्र प्रसाद ओझा पदेन सदस्य रहनुभएको छ ।
यसअघि क्याम्पस सभामा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्माले लुम्बिनी वाणिज्य क्याम्पस लुम्बिनी प्रदेशको मात्र नभई देशकै शैक्षिक धरोहर रहेको उल्लेख गर्दै क्याम्पसलाई विश्वविद्यालयको रुपमा स्थापित गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
क्याम्पस संचालक समितिका अध्यक्ष मोतिलाल पाण्डेको अध्यक्षता, उपाध्यक्ष सुरेन्द्र श्रेष्ठको स्वागत तथा क्याम्पस प्रमुख प्राध्यापक डा. ताराप्रसाद उपाध्यायको संचालनमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष एवं पुर्व क्याम्पस प्रमुख डा. ईश्वर गौतम, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, पुर्व अध्यक्ष अर्जुनमान सैंजु, निवर्तमान अध्यक्ष राजेन्द्र प्रसाद ओझा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
२०३७ सालमा लुम्बिनी व्यवस्थापन अध्ययन संस्थानको नामबाट अनौपचारिक रुपमा कोचिङ कक्षाको रुपमा संचालन गरिएकोमा लुम्बिनी वाणिज्य क्याम्पसले २०३८ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरि ४० वर्षको अवधिमा आईपुग्दा व्यवस्थापनतर्फ देशकै उत्कृष्ट क्याम्पसको रुपमा स्थापित भएको छ ।
२०६८ साल र २०७५ सालमा दुईपटक क्यूएए प्राप्त यस क्याम्पसमा हाल सेमेष्टर प्रणाली अन्तर्गतका बिबिएम, तथा स्वायत्त कार्यक्रम अन्तर्गत विविए एफ ए, विविएम एप्लाईड, विएमएस, एमबिएस फाईनान्स तथा एमबिए विएफका कक्षाहरु संचालन भईरहेका छन् । स्थायी, आंशिक र करार गरि ७१ जना प्राध्यापक तथा कर्मचारी कार्यरत यस क्याम्पसमा सबै कार्यक्रमतर्फ हाल ४ हजार ५ सय विद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रमुख प्राध्यापक डा. ताराप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

≪ Previous Post

नियम विपरित चलेका १५ वटा भारतिय १५ गाडी प्रहरी नियन्त्रणमा

Next Post ≫

भैरहवाको प्लाइउड गोदाममा भएको आगलागी आठ घण्टापछि नियन्त्रणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क