Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलका एकता, बिशाल र प्रतिक सहकारी मर्ज
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलका एकता, बिशाल र प्रतिक सहकारी मर्ज

संसारपोस्ट संवाददाता · २३ असार २०७८ · 0
बुटवलका एकता, बिशाल र प्रतिक सहकारी मर्ज
70
SHARES
ShareTweet

बुटवल, २३ असार । बुटवलका तीन वटा सहकारी मर्जर भएका छन् । रुपन्देही जिल्ला कार्यक्षेत्र रहेको एकता बचत तथा ऋण सहकारी संस्था, बुटवल उपमहानगरपालिका कार्यक्षेत्र रहेको बुटवल ८ कै प्रतिक बचत तथा ऋण सहकारी संस्था र बुटवल उपमहानगरपालिका कार्यक्षेत्र रहेको बुटवल ११ का बिशाल बचत तथा ऋण सहकारी संस्था आपसमा मर्जर भएका हुन् ।
तीन वटा सहकारी मर्जरपछि बनेको सहकारीको नाम ‘एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ हुनेछ । साबिक एकताको शेयर सदस्य १ हजार २५२ जना, बिशालको शेयर सदस्य ३९३ जना र प्रतिकको शेयर सदस्य संख्या २८५ गरि बनेको एकता बचत तथा ऋण सहकारीमा अव शेयर सदस्य संख्या सरदर १ हजार ९ सय हुनेछ ।
त्यस्तै एकताको शेयर पुँजी ३ करोड २७ लाख १० हजार ५ सय, बिशालको शेयर पुँजी ६१ लाख २० हजार र प्रतिकको शेयर पुँजी २६ लाख १० हजार गरी एकिकृत सहकारीको शेयर पुँजी ४ करोड १४ लाख ४० हजार ५ सय पुगेको छ । एकिकृत सहकारीको कुल पुँजी ३७ करोड २१ लाख ६ हजार ४५२ रुपैंया पुगेको साबिक एकताका अध्यक्ष समेत रहेका एकिकृत एकताका अध्यक्ष सुक्रप्रसाद बस्यालले जानकारी गराउनु भयो ।
आगामी साउन १ गतेदेखि संयुक्त कारोवार गर्नेगरी मर्जर गरिएको सहकारीको बुधबार बुटवलमा संयुक्त साधारण सभा गरिएको छ । संयुक्त साधारण सभामा बोल्दै लुम्बिनी प्रदेश भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालय सहकारी महाशाखा प्रमुख ज्ञानहरी पन्थीले सहकारीका ऐन, नियम तथा कानुनहरुको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले लुम्बिनी प्रदेशमा पनि सहकारी संख्या धेरै भएको बताउँदै संख्यात्मक रुपमा धेरै भन्दा पनि गुणत्मक रुपमा राम्रो बनाउनको लागि मर्जर आवश्यक रहेको भनाई राख्नुभयो । उहाँले सहकारीका मुल्य मान्यतामा अडिग रहेर गतिबिधि सञ्चालन गर्न समेत आग्रह गर्नुभयो ।
एकिकृत एकता सहकारीका अध्यक्ष बस्यालले शेयर सदस्यहरुको सहभागिता र सञ्चालकहरुको गतिशिलताले सहकारीलाई उचाईमा पु¥याउन सकिने बताउँदै सोही अनुसार शेयर सदस्य र सञ्चालकहरुलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
बुटवल उपमहानगरपालिका सहकारी विभागका प्रमुख गुणाखर खनालले शेयर सदस्यहरुको बचतलाई सुरक्षित लगानी कसरी गर्न सकिन्छ भन्ने कुरालाई विशेष ध्यान दिन आग्रह गर्नुभयो । वचत तथा ऋण सहकारी संघ रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले सहकारीलाई गुणात्मक रुपमा राम्रो बनाउने विकल्प मर्जर नै भएपनि मर्जर बाध्यकारी नभई प्रेरणादायी हुनुपर्ने भनाई राख्नुभयो ।
कार्यक्रममा मर्जर कार्यदलका संयोजक दिपक पन्थी, साविक बिशालका अध्यक्ष निमानन्द गैरे, साविक प्रतिकका अध्यक्ष ठाकुरप्रसाद ज्ञवाली, एकताका पूर्व अध्यक्ष साबित्रा टण्डन, सल्लाहकार नवराज श्रेष्ठ, मर्जर समिति सदस्य माधवप्रसाद भुसाल, सचिव विष्णुप्रसाद पौडेलले तीन वटै सहकारीको उद्देश्य र कार्यक्षेत्र समेत एउटै भएको र भावना समेत मिलेकाले मर्जर गरिएको बताउँदै एकिकृत एकतामा अपनत्व ग्रहण गर्न शेयर सदस्यहरुलाई आग्रह गर्नुभएको थियो ।

≪ Previous Post

कावासोतीमा मोटरसाइकल दुर्घटना, एक जनाको निधन

Next Post ≫

ईलाका प्रहरी कार्यालय केवलानीलाई ‘क’ श्रेणीमा स्तरोन्नती गर्ने पहल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क