Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ईलाका प्रहरी कार्यालय केवलानीलाई ‘क’ श्रेणीमा स्तरोन्नती गर्ने पहल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ईलाका प्रहरी कार्यालय केवलानीलाई ‘क’ श्रेणीमा स्तरोन्नती गर्ने पहल

संसारपोस्ट संवाददाता · २३ असार २०७८ · 0
ईलाका प्रहरी कार्यालय केवलानीलाई ‘क’ श्रेणीमा स्तरोन्नती गर्ने पहल
90
SHARES
ShareTweet

तिलोत्तमा, २३ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नं. ७ केवलानी स्थित ईलाका प्रहरी कार्यालयलाई ‘क’ श्रेणीमा स्तरोन्नती गर्न पहल थालिएको छ । नगरपालिकालाई मुख्य कार्यक्षेत्र बनाएर हालको ‘ख’ श्रेणीको ईलाका प्रहरी कार्यालयलाई ‘क’ श्रेणीमा स्तरोन्नती गर्न तिलोत्तमा नगरपालिकाले आवश्यक पहल अघि बढाएको हो ।
तिलोत्तमा नगरपालिकामा जनसंख्याको चाप दिनप्रतिदिन बढ्दै गएको र नगरपालिकाको भुगोल पनि ठूलो रहेकोले ईलाका प्रहरी कार्यालयको स्तरोन्नती अपरिहार्य रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले प्रहरी कार्यालयको स्तरोन्नतीको लागि आवश्यक पहल गरिरहँदा बुधबार लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी मुकुन्दराज आचार्य नेतृत्वको प्रहरी अधिकारीको टोलीले प्रहरी कार्यालयको स्थलगत अनुगमन गरेको छ ।
रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) मनोजकुमार केसी समेत सहभागी टोलीले प्रहरी कार्यालय परिसरमा पूर्वाधार विस्तारको सम्भावना, भौगोलिक अवस्थितिको विषयमा स्थलगत निरीक्षण गर्नुको साथैं जनप्रतिनिधिहरुसँग छलफल गरेको छ । त्यसक्रममा कार्यवाहक नगर प्रमुख जगेश्वरदेवी चौधरीले जनसंख्याको चापको कारण प्रहरी कार्यालयको स्तरोन्नती अपरिहार्य रहेको बताउनुभयो । यस्तै नेकपा एमालेका नेता यज्ञ गैरे, वडाध्यक्ष दुर्गाप्रसाद पाण्डे, प्रवक्ता सुरेन्द्र श्रीलगायतले पनि प्रहरी कार्यालय स्तरोन्नतीको आवश्यकता र औचित्यको बारेमा प्रकाश पार्नुभएको थियो ।
प्रदेश प्रहरी प्रमुख डिआईजी मुकुन्दराज आचार्यले प्रहरी कार्यालयको स्तरोन्नती गरी प्रहरी निरीक्षकको कमाण्डमा जनशक्ति व्यवस्थापन गर्ने आवश्यक आधार पर्याप्त देखिएकोले यस विषयमा माथिल्लो निकायमा जानकारी गराउने बताउनुभयो । प्रहरी कार्यालय स्तरोन्नतीको विषयलाई लिएर आवश्यक पहल गर्न नगर प्रमुख बासुदेव घिमिरे काठमाडौं भैरहँदा बुधबार प्रहरी अधिकारीहरुको टोलीले ईलाका प्रहरी कार्यालयको स्थलगत निरीक्षण गरेको हो । गृहमन्त्रीको समेत जिम्मेवारीमा अर्थमन्त्री विष्णु पौडेल रहनु भएकोले प्रहरी कार्यालयको स्तरोन्नतीको काम सहजताको साथ अघि बढेको नगर प्रमुख घिमिरेको भनाइ छ । जिल्ला सुरक्षा समिति रुपन्देहीको बैठकले स्तरोन्नतीको लागि आवश्यक निर्णय गरी गृह मन्त्रालय पठाइसकेको बताइएको छ ।

≪ Previous Post

बुटवलका एकता, बिशाल र प्रतिक सहकारी मर्ज

Next Post ≫

लागु औषध (गाँजा) सहित दुई जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क