Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पर्यटन प्रवद्र्धनमा संचार क्षेत्रको भूमिका विषयक अनुसन्धानात्मक लेख प्रतियोगिता
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पर्यटन प्रवद्र्धनमा संचार क्षेत्रको भूमिका विषयक अनुसन्धानात्मक लेख प्रतियोगिता

संसारपोस्ट संवाददाता · २२ असार २०७८ · 0
पर्यटन प्रवद्र्धनमा संचार क्षेत्रको भूमिका विषयक अनुसन्धानात्मक लेख प्रतियोगिता
90
SHARES
ShareTweet

शर्मा, पन्थी र शेर्पा नगद पुरस्काबाट पुरस्कृत
भैरहवा, २० असार । बृहत्तर लुम्बिनी पर्यटन प्रवद्र्धनमा संचार क्षेत्रको भूमिका विषयक खुला अनुसन्धानात्मक लेख प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल सिद्धार्थनगर–९, भैरहवाकी गीतादेवी शर्मा, द्वितीय भएका सिद्धार्थनगर–८ का शशि पन्थी र तृतीय स्थान हासिल गरेका लुम्बिनी बौद्ध विश्वविद्यालयका डा. न्यूमाया शेर्पालाई पुरस्कार प्रदान गरिएको छ ।
आइतबार भैरहवामा आयोजित कार्यक्रममा शर्मालाई नगद ३० हजार, पन्थीलाई २० र शेर्पालाई १० हजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको हो । लुम्बिनी प्रदेश सरकार उद्योग, बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले आयोजना गरेको खुल्ला अनुसन्धानात्मक लेख लेखनमा मूल्यांकन समितिले प्रथम, द्वितीय र तृतीय स्थान छनौट गरेको थियो ।
यस्तै, निर्देशनालयले भैरहवालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका प्यूठानका पत्रकार प्रकाश न्यौपाने, नवलपरासीका गोपिराम ज्ञवाली र कपिलवस्तुकी स्वेता गिरीलाई पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ । निर्देशनालयले पत्रकारितामार्फत् लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याएको भन्दै तीनै जनालाई नगद १०÷१० हजार रुपैयाँसहित प्रमाणपत्रले सम्मान गरेको हो ।
न्यौपाने न्यूज २४ टिभी र लुम्बिनी टिभीका भैरहवा संवाददाता तथा पब्लिक कुरा डटकमका सम्पादक हुन् । ज्ञवाली गोरखापत्रका नवलपरासी सम्वाददाता हुन् भने गिरी पत्रकार महासंघ कपिलवस्तु शाखाकी उपाध्यक्ष हुन् ।
उनीहरु सबैजनालाई उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डे लम्साल, मन्त्रालयका सचिव डा.राजेन्द्र केसी, निर्देशनालयका निर्देशक यमबहादुर कुंवरलगायतले सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।
यस्तै, सनुसन्धानात्मक लेख मूल्याङ्कन समितिका संयोजक प्रा डा गितु गिरी, सदस्य वसन्त विंडारी, डा.बालकृष्ण चापागाईं र डा.हरिध्वज राईलाई पनि उक्त अवसरमा सम्मान गरिएको थियो ।

≪ Previous Post

पदस्थापनको पाँचौं वर्ष प्रवेशको अवसरमा तिलोत्तमामा बृक्षा रोपण

Next Post ≫

बुटवल–पाल्पा सडक खण्डको चरचरेमा टिप्पर दुर्घटना, चालकको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क