Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ सञ्चार विधेयकका विरुद्ध पत्रकार महासंघ आन्दोलनमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सञ्चार विधेयकका विरुद्ध पत्रकार महासंघ आन्दोलनमा

संसारपोस्ट संवाददाता · १९ असार २०७८ · 0
सञ्चार विधेयकका विरुद्ध पत्रकार महासंघ आन्दोलनमा
60
SHARES
ShareTweet

आइतबार लुम्बिनीका १२ जिल्लामा मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाईदै
बुटवल, १९ असार । लुम्बिनी प्रदेश सरकारले संसदमा पठाएको सञ्चार विधेयक स्वतन्त्र प्रेस विरोधी रहेको भन्दै पुनर्लेखनका लागि नेपाल पत्रकार महासंघले आन्दोलन शुरु गरेको छ । सरोकारवाला पक्षसंग गहन छलफल नगरी निरंकुशशैलीको सञ्चार विधेयक प्रदेश सरकारले अघि बढाएको भन्दै महासंघले पहिलो चरणको आन्दोलन शुरु गरेको हो ।
यस अघि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई भेटेरै विधेयक पुनर्लेखनको वातावरण अघि बढाउन माग गरेपनि सुनुवाई नभएपछि आन्दोलनको तयारीमा लागेको महासंघका लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरीले बताउनुभयो । उहांले संवैधानिक हकअधिकारसमेत कुण्ठित गर्ने गरि कानुन निर्माणको प्रयास भएकोले त्यसका विरुद्ध महासंघ आन्दोलनमा जानुको विकल्प नभएको बताउनु भयो । ‘पत्रकारहरुकै कलम रोक्ने आशयले विधेयक आएको महसुस भएको छ, त्यसकारण यो खारेज गरेर पुनर्लेखनको वातावरणका लागि हाम्रो आन्दोलन हो ।’ अध्यक्ष गिरीले भन्नुभयो– ‘समाचार लेखेकै भरमा जेल संजाय देखि डण्डजरिवाना राखेर शाही शासनको झल्को दिने गरि कानुन निर्माणको प्रयास गर्नु गंभिर आपत्तीको विषय भएकोले यसका विरुद्ध आवाज उठाउन सम्वद्ध सबैलाई आग्रह गर्दछु ।’
पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आह्वानमा आईतवार लुम्विनी प्रदेशका १२ जिल्लामै विरोधका कार्यक्रम शुरु हुने भएका छन् । पहिलो चरणमा प्रमुख जिल्ला अधिकारी मार्फत मुख्यमन्त्री शंकर पोख्रेललाई विरोधस्वरुप ज्ञापन पत्र बुझाईने महासघका महासचिव विक्रम खड्काले बताउनु भयो । उहांका अनुसार आईतवार ११ वजे ११ जिल्लामा पत्रकार महासंघ जिल्ला शाखाको नेतृत्वमा र रुकुम पुर्वमा त्यहां रहेका पत्रकार सम्वध संघ संगठनका प्रमुखहरुको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीमार्फत मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाईने छ ।
रुपन्देही जिल्ला शाखाले भने मुख्यमन्त्री पोख्रेललाई नै ज्ञापन पत्र बुझाउने भएको छ । कार्यक्रममा सहभागि हुन महासंघले जिल्लाका अगुवा पत्रकाहरु, संघ संगठनका प्रतिनिधिहरु र आम सञ्चारकर्मीहरुलाई आग्रह गरेको छ । पहिलो चरणको कार्यक्रमपछि पनि सराकारले संवेदशिलता नदेखाएमा त्यसका विरुद्ध अझै कडा खालका आन्दोलनका कार्यक्रमहरु संचालन गर्ने महासंघको तयारी रहेको छ ।
प्रदेश सरकारले तयार गरेको सञ्चार माध्यम सम्वन्धी उक्त विधेयक प्रदेश सभामा पठाएको छ । जसमा गंभिर खालका व्यवस्थाहरु राखिएको भन्दै सर्वत्र आलोचना भैरहेको छ । पत्रकारहरुलाई कानुनको डण्डा देखाएर स्वार्थपुर्तिको सपना कसैले देखेको भए त्यो पुरा नहुने नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले बताउनु भयो । लुम्बिनीको सञ्चार विधेयकका विषयमा नेपाल पत्रकार महासंघ निकै गंभिर रहेको भन्दै त्यसका विरुद्ध आन्दोलनको विकल्प नभएको उहांले बताउनु भयो । यो विषयमा नेपाल पत्रकार महासंघ लुम्बिनीले पटक पटक सरोकारवालाहरुसंग भर्चुवल र भौतिक रुपमै पनि कार्यक्रम चलाउदै आएको छ ।

≪ Previous Post

नेपाल नियमित रक्तदाता संघको अभियान : ‘जहाँ अस्पताल’ त्यहाँ रक्तदाता संघ’

Next Post ≫

देवदहमा लागत घटाउन उत्पादन बढाउन प्रविधिमा अनुदान : प्रति विगाहा १० हजार अनुदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क